back
Naima

जुलाइका लागि अन्तरराष्ट्रिय उडान तालिका स्वीकृत, सातामा २१ उडान

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । प्राधिकरणले सातामा २१ अन्तर्राष्ट्रिय उडान भर्ने गरी तालिका स्वीकृत गरेको हो । सरकारले भारत, चीन, जापान, कोरिया, मलेसिया, टर्की, कतार, यूएई, साउदी अरेबिया, कुवेत र ओमानमा निश्चित संख्या तोकी नियमित उडान खोल्न लागेको हो ।

यसै अनुरुप प्राधिकरणले नयाँ उडान तालिका सार्वजनिक गरेको हो । अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुकका वायुसेवा कम्पनीले बराबर संख्यामा उडान अनुमति पाएका छन् ।

कोरिया र चीनबाट भने अझै वायुसेवा कम्पनीले उडानको अनुमति मागेका छैनन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ । कोरिया, टर्की, कुवेत र ओमान नेपाली जहाजले उडान भर्दैनन् ।

नयाँ तालिका अनुसार आइतबार एउटामात्रै उडान हुने छ । सोम, मंगल, बुध र बिहीबार ३–३ वटा उडान हुने छन् भने शुक्रबार र शनिबारका लागि ४-४ उडानको तालिका साजर्वजनिक गरिएको छ । यसअनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सातामा ६ उडान भर्ने छ । अर्को नेपाली कम्पनी हिमालयन एयरलाइन्सले ४ वटा उडान भर्ने अनुमति पाएको छ ।

कतार एयरवेज, जजीरा एयरवेज र टर्कीश एयरलायन्सले सातामा २२ उडान भर्ने अनुमति पाएका छन् । एयर अरेबिया, मालिन्दो एयर, एयर इण्डिया, फ्लाइ दुबई, र सलाम एयरले हप्तामा १–१ उडान भर्ने छन् ।

२०७८ असार १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...