back

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय सम्मेलन र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

यूरोपका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुने टुगो लागेको छ ।

आगामी सोमबार र मंगलबार आयोजना हुने सम्मेलनको तयारीबारे संघका अध्यक्ष डा.हेमराज शर्माले रास्वपाका दलका नेता तथा प्रधानमन्त्री बालेन शाह रहेको वर्तमान सन्दर्भमा उपनेता पराजुलीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइनु सकारात्मक सन्देश भएको बताए।

उनले एनआरएनएका यूरोप, एशिया लगायत विभिन्न क्षेत्रीय सम्मेलनहरूले संघको लगानी र नागरिकता सम्बन्धी मुद्दामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे। साथै, यी सम्मेलनहरू सम्पन्न भएपछि काठमाडौँमा संघका पदाधिकारीहरू भेला भई नयाँ कार्यक्रम घोषणा गरिने जानकारी पनि उनले दिए।

यूरोप संयोजक रोवर्ट लिम्बुद्वारा जारी विज्ञप्तिअनुसार सम्मेलनमा यूरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भइसकेको छ भने कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहा लगायत एनआरएनए नेतृत्व र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्रहरू आयोजना गरिनेछन्। यस वर्षको सम्मेलनले विशेष रूपमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला, युवा तथा दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकतामा राखेको छ।

महिला केन्द्रित सत्रहरूमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य र कानुनी पहुँचका विषयमा छलफल हुनेछ भने युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रहरूले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति तथा नेपालसँगको दीर्घकालीन सम्बन्धमा केन्द्रित रहनेछन्।

सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभर रहेका प्रवासी नेपालीहरूको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीबारे साझा मार्गचित्र निर्माण गर्ने लक्ष्य लिएको छ। आयोजकका अनुसार यो सम्मेलन गैरआवासीय नेपालीका अधिकार र सरोकारहरू नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, यूरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ।

त्यस्तै, संघको एशिया क्षेत्रीय सम्मेलन यस वर्ष चीनको गंन्जाओमा आयोजना हुने भएको छ । आगामी अगष्ट १५ र १६ तारिखमा सम्पन्न हुने उक्त सम्मेलनमा नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आंदम्बे प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।

एनआरएनए एशिया क्षेत्रीय संयोजक दीपक कंडेलका अनुसार सम्मेलनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहनेछ।

उनका  अनुसार सम्मेलनमा नेपालको विकास, पर्यटन प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण, तथा गैरआवासीय नेपालीहरूको भूमिका लगायतका विषयमा व्यापक छलफल गरिनेछ।

सम्मेलनमा संघीय संसदका सदस्यहरू मनिषा झा, जगदीश खरेल, ऐनबहादुर महार, युवराज दुलाल, क्षितिज थेबे, खुश्बु ओली, एरेन राई र खगेन्द्र सुनार तथा पूर्व सांसद सूर्य पाठक सहभागी हुनेछन्। त्यस्तै, अन्य सहभागीहरूमा अरुण कुमार सुवेदी र राजेन्द्र बनियाँ पनि रहनेछन्।

एनआरएनएले आयोजना गर्ने यस्ता क्षेत्रीय सम्मेलनहरूले विश्वभर रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउने, अनुभव आदानप्रदान गर्ने तथा नेपालको आर्थिक विकासमा प्रत्यक्ष योगदान पु¥याउने उद्देश्य राखेको छ।

यस सम्मेलनबाट विशेषगरी एशिया क्षेत्रमा रहेका नेपाली व्यवसायी, विज्ञ तथा पेशाकर्मीहरूबीच सहकार्यको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न सत्रहरू मार्फत पर्यटन क्षेत्रको सम्भावना, नेपालमा लगानीको वातावरण, नीति सुधारका आवश्यकता तथा गैरआवासीय नेपालीहरूको अधिकार र भूमिका विषयमा गहन छलफल गरिनेछ ।

क्षेत्रीय सम्मेलनका लागि नेपालबाट केही पत्रकारहरु त्यतातर्फ जाने तयारी गरेका छन् । एनआरएनएका नेता निकट केही पत्रकारहरु सम्मेलनमा सहभागिता लागि प्रयासरत रहेपनि प्रवासी नेपालीहरुका मुद्दामा दशकौंदेखि कलम चलाइरहेका पत्रकारहरु भने संघको प्राथमिकतामा परेका छैनन् ।

हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भइसकेको छ र एक लाखभन्दा बढी सदस्य आबद्ध छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द 

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:१२

काठमाडौंं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा...

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:४०

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक...

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

सांसद यादवको प्रश्न : ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ? 

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:३७

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित...