back
himalayan life

राष्ट्र बैंकको स्वायत्तता कमजोर हुनेगरी हस्तक्षेप नगर्न सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र दीपेन्द्रबहादुर क्षेत्रीले आगामी मौद्रिक नीति तयार गर्दा राष्ट्र बैंकको स्वायत्तता कायम राख्दै आर्थिक गतिविधि चलायमान बनाउने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंक जति स्वतन्त्र र स्वायत्त हुन्छ, त्यति नै अर्थ मन्त्रालयलाई पनि सहज हुने बताए।

उनले भने,‘राष्ट्र बैंक जति स्वायत्त भयो, जति स्वतन्त्र रूपमा उसले मौद्रिक नीति तयार पार्छ, त्यति नै अर्थ मन्त्रालयलाई सहज हुन्छ। अर्थ मन्त्रालयले निर्देशन दिने र राष्ट्र बैंकले पालना नगर्ने अवस्था आउनु हुँदैन। सकभर निर्देशनभन्दा मार्गनिर्देशनका रूपमा सुझाव दिइनुपर्छ ।’

उनले अहिले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र रेमिट्यान्सको राम्रो अवस्था रहे पनि त्यसकै आधारमा सबै नीतिगत व्यवस्था हटाउन नहुने बताए।

‘अहिले सबैतिर सहज छ, पैसाको खाँचो छैन, तरलता प्रशस्त छ, रेमिट्यान्स पनि आइरहेको छ भन्दैमा सहजताको नाममा नीतिहरू हटाउनु हुँदैन,’ उनले भने।

अधिकारीले पर्याप्त तरलता र कम ब्याजदर हुँदाहुँदै पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको उल्लेख गरे। ‘समग्र आर्थिक गतिविधिको अवस्था अनौठो छ। ब्याजदर निकै तल झरेको छ, तर पनि कर्जाको माग घटिरहेको छ। यसको पछाडि निश्चित कारण छन्। अनलाइन सपिङलगायतका नयाँ प्रवृत्तिले पनि यसको असर पारेका छन्,’ उनले भने ।

उनले मौद्रिक नीति अत्यन्त प्राविधिक र अनुमानयोग्य विषय भएको भन्दै देशको आन्तरिक तथा बाह्य आर्थिक अवस्थाले नै यसको दिशा तय गर्ने बताए।

‘हाल आर्थिक सूचकहरू बलिया भएकाले केन्द्रीय बैंकले बैंकदर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउने अवस्था देखिँदैन,’ उनले भने।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका अर्का पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वित्त नीति सरकारको जिम्मेवारी भए पनि ब्याजदर र विनिमय दर निर्धारण गर्ने अधिकार राष्ट्र बैंककै रहेको बताए।

‘वित्त नीति सरकारको क्षेत्र हो भने ब्याजदर र विनिमय दर तय गर्ने विशेष अधिकार राष्ट्र बैंकको हो। तर सरकारले हस्तक्षेप गर्दा बैंकको स्वायत्ततामा असर परिरहेको छ,’ उनले भने।

क्षेत्रीले ऋण तिर्न नसक्दा केही महिलाहरू अमर्यादित पेसा अपनाउन बाध्य भएका घटनासमेत देखिएको उल्लेख गर्दै त्यसतर्फ मौद्रिक नीतिले संवेदनशील ढंगले सम्बोधन गर्नुपर्ने बताए।

सहकारी क्षेत्रको नियमनमा पनि राष्ट्र बैंकको भूमिका स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले नेपालको वैदेशिक मुद्रा सञ्चिति बलियो देखिनुको प्रमुख आधार रेमिट्यान्स रहेको बताए।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

आगामी मौद्रिक नीति लचिलो हुने पूर्वगभर्नर अधिकारीको सङ्केत: अर्थतन्त्र पुनर्जीवित गर्न निजी क्षेत्रको माग

वि.सं.२०८३ असार २१ आइतवार १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र...

ग्रे लिस्टबाट निस्कन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्दैछौं : अर्थमन्त्री वाग्ले

ग्रे लिस्टबाट निस्कन सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्दैछौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार २० शनिवार २१:३५

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानीको ग्रे...

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

सरकारको एक वर्ष : ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रमा ७५ बुँदे प्रगति सार्वजनिक

वि.सं.२०८३ असार २० शनिवार २१:२२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछि...

सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ? 

सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ? 

वि.सं.२०८३ असार २० शनिवार २१:१५

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक,...

सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् चन्द्रमणि अधिकारी

वि.सं.२०८३ असार १९ शुक्रवार १५:२१

काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई केवल...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...