back
himalayan life

मौद्रिक नीतिबाट निजी क्षेत्रका अपेक्षा सम्बोधन हुनुपर्छ :अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिले निजी क्षेत्रका समस्या समाधान गर्दै उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले बजेटले केही विषय सम्बोधन गरे पनि बाँकी रहेका महत्वपूर्ण मुद्दा मौद्रिक नीतिमार्फत सम्बोधन हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए।

उनले,‘मुलुकले परिवर्तन, हस्तान्तरण र पुस्तान्तरण खोजेर नयाँ छलाङ मार्ने चरणमा प्रवेश गरेको छ। जनता र व्यवसायीको मौद्रिक नीतिप्रति ठूलो अपेक्षा छ। बजेटले सम्बोधन गर्न नसकेका विषय मौद्रिक नीतिले सम्बोधन गर्ने विश्वास गरेका छौं ।’

श्रेष्ठले विगतका मौद्रिक नीतिले निजी क्षेत्रलाई केही राहत दिएको स्मरण गर्दै यसपटक पनि अर्थतन्त्रलाई चलायमान बनाउने साहसी र व्यवहारिक नीति आवश्यक रहेको बताए।

उनले नेपालमा करिब ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरिरहेको दाबी गर्दै राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्रै रोजगारी विस्तार सम्भव हुने बताए। ‘रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न सबै मिलेर काम गर्नुपर्छ,’ उनले भने।

श्रेष्ठले नेपाल अझै पनि करिब ७० प्रतिशत वस्तु विदेशबाट आयात गर्न बाध्य रहेको उल्लेख गर्दै स्वदेशमै उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए। ‘हामीले ३० प्रतिशत मात्रै उत्पादन गर्छौँ, बाँकी ७० प्रतिशत आयात गर्छौँ। अब ती वस्तु यहीँ उत्पादन गर्न सकिन्छ कि भन्ने सोच राज्यले बनाउनुपर्छ,’ उनले भने।

उनले उद्योग प्रवद्र्धनका लागि लगानीमैत्री नीति आवश्यक रहेको बताउँदै उत्पादन बढे अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुन सक्ने धारणा राखे।

जग्गामा लगानी गर्ने प्रवृत्तिमाथि टिप्पणी गर्दै उनले भने,‘जग्गामा लगानी नगरेर के गर्ने ? व्यवसाय गर्न बैंकबाट ऋण लिन पनि जग्गा नै धितो राख्नुपर्छ। त्यसैले राज्यको नीति र नियत स्पष्ट तथा लगानीमैत्री हुनुपर्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

नेपालका ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

वि.सं.२०८३ असार २१ आइतवार १५:१९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले...

सुरक्षित लगानीतर्फ आकर्षण बढ्दा सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो

सुरक्षित लगानीतर्फ आकर्षण बढ्दा सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो

वि.सं.२०८३ असार २० शनिवार २१:४४

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा बढ्दो अनिश्चितता र सुरक्षित लगानी (सेफ...

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम ?

आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी, के भन्छ निगम ?

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१८

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा...

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४१

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य ७ हजार २ सय...

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १८ बिहीवार ०८:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको...

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

रास्वपाको महाधिवेशनबाट महिला सहभागिताको ऐतिहासिक मानक : अन्य दलका लागि पनि शिक्षा

वि.सं.२०८३ असार १७ बुधवार ११:०१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्खरै सम्पन्न आफ्नो पहिलो...