back

बजार बढेसँगै जोखिम पनि बढेको छ, बुझेर लगानी गर्नूः धितोपत्र बोर्ड

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बजार बढेसँगै जोखिम बढेको जनाउँदै बुझेर लगानीगर्न आग्रह गरेको छ । बोर्डले लगानीकर्तालाई जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न अनुरोध गरेको हो । बोर्डले लगानीकर्ताहरुलाई धितोपत्र खरिद बिक्री सम्बन्धी निर्णय गर्दा सम्वन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्थाको अध्ययन लगानी सम्वन्धी निर्णय लिन अनुरोध गरेको छ ।

पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोवार बृद्धिसँगै शेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग भएका गुनासाहरु पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन शुरु गरिएको समेत जनाएको छ ।
यस्तो अवस्थामा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, कितावी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न बोर्डले अनुरोध गरेको छ ।

शेयर बजार बढेको अवस्थामा लगानीकर्ताहरुको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा यस विषयमा लगानीकर्ताहरु चनाखो हुन जरुरी रहेको बोर्डले जनाएको छ। विभिन्न समयमा बजारमा घटबढ देखिसकिएकोले लगानीकर्ताले लगानी गर्दा उपरोक्त बमोजिमको विश्लेषणमा आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता समेत दृष्टीगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानीसम्बन्धी निर्णय लिन लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ ।

२०७८ जेठ २६ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

वि.सं.२०८१ माघ ४ शुक्रवार ११:३६

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति...