back
himalayan life

उद्यमीहरूलाई अर्थमन्त्री खनालले भने– ‘तपाईंहरूको योगदानले नै हामी समृद्ध समाज निर्माण गर्न सक्छौँ

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा गरिएको सुधार र लगानीको आधार नै देशको आर्थिक विकासको मुख्य मन्त्रणा भएको बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले करदाता र सरकारबिचको सम्बन्धलाई सुमधुर बनाउँदै लगानीको वातावरण सिर्जना गर्नु आवश्यक रहेको धारणा राखे । विगत एक वर्षमा सबैभन्दा बढी कर तिर्ने व्यवसायी तथा उद्यमीहरूलाई धन्यवाद दिँदै अर्थमन्त्री खनालले भने– ‘तपाईंहरूको योगदानले नै हामी समृद्ध समाज निर्माण गर्न सक्छौँ ।’

उनले समाजमा कसैलाई पनि पछाडि पारिएको छैन भन्ने भावनाको विकास गर्न सके मात्रै शान्ति स्थापना हुने बताए । जनआन्दोलनले पनि विभिन्न प्रकारका असन्तुष्टिहरूलाई उजागर गरेको उल्लेख गर्दै उनले राजनीतिक र आर्थिक अवसर प्राप्त नहुँदा मानिसहरू पलायन हुनुपरेको पीडादायी अवस्था रहेको बताए ।

यस्तो सङ्कटको अवस्थामा पनि निजी क्षेत्र हतोत्साहित नभई अघि बढेकोमा उनले प्रशंसा गरे । अर्थमन्त्री खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गर्न विभिन्न सुधारका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए ।

उनकाअनुसार सबै नगरपालिकाहरूमा करदाता सेवाको प्रबन्ध मिलाइने छ र अनलाइनबाटै कर सम्बन्धी काम गर्न सकिने व्यवस्था मिलाइनेछ। जोखिममा आधारित कर परीक्षण प्रणाली लागू गरिने र इमानदार व्यवसायीलाई अनावश्यक दुःख नदिइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘हाम्रो उद्देश्य करको दायरा बढाउनु हो, करको दर होइन ।’

उनले आर्थिक गतिविधि विस्तार भएमा कर स्वतः बढ्ने विश्वास व्यक्त गरे। सम्पत्ति राष्ट्रको सम्पत्ति हो भन्ने धारणाको विकास गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘जसले सम्पत्ति सिर्जना गरे पनि त्यो राष्ट्रिय सम्पत्ति हो र त्यसको रक्षा गर्नु सबैको कर्तव्य हो।’ नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाउन सरकारले अन्य मुलुकसँग दोहोरो कर मुक्तिको सम्झौता र लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता जस्ता प्रयासहरू गरिरहेको उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...