सुन र चाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८२ मंसिर १ सोमवार
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। अघिल्लो दिन आइतबार ६ हजार ९०० रुपैयाँले घटेको सुन आज ५०० ले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार ५०० ले वृद्धि भएर एक तोला सुनको मूल्य २ लाख ४३ हजार ३०० कायम भएको छ।आइतबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८०० पुगेको थियो।
सुनको मूल्य बढेसँगै चाँदी पनि २० रुपैयाँले वृद्धि भएको छ। आज प्रतितोला चाँदी ३ हजार १५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार एक तोला चाँदी ३ हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित समय : ११:४० बजे






















