सोनापुर मिनरलले तिर्यो बक्यौताको पहिलो किस्ता
वि.सं.२०८२ कात्तिक २६ बुधवार
काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ ।
पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन मंगलबार साँझ जडान गरिएको छ । सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।
सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।
प्रकाशित समय : १०:२३ बजे





















