नेप्से परिसुचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड
वि.सं.२०७८ जेठ १६ आइतवार
काठमाडौँ । निषेधाज्ञामा चम्किरहेको नेप्सेमा आज पनि परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड कायम भएकोछ । आज(आइतबार) नेप्से परिसुचक १२.५४ अंकले बढेर २८३७.९३ को बिन्दुमा पुग्दा कारोबार रकम भने १७ अर्ब नाघेको हो ।
नेप्से परिसूचकको यो बिन्दु बजार बन्द हुँदाको यो बिन्दु नै सर्वाधिक उच्च बिन्दु हो । आइतबार कूल २१९ कम्पनीको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार रकमले पनि ऐतिहासिक रेकर्ड राखेको हो ।
२०७८ जेठ १६ गते प्रकाशित
प्रकाशित समय : १०:५१ बजे