back

चेम्बरद्धारा ‘टेली मेडिसिन सेन्टर’को सुभारम्भ

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ आजै देखि संचालनमा आएकोे छ । ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघले संयुक्त रुपमा पहल गर्दै आएकोमा हाल नयां भेरियण्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चेम्बर र चिकित्स संघले यस्तो सेवा प्रवाह सुरु गरेको हो ।
यस अभियानमा रहेर टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको हो । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । साथै चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुमारम्भ भएको थियो ।

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

उक्त अवसरमा श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले”Mero Doctor”  App down load गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

२०७८ जेठ १६ गते प्रकाशित


विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

श्रेष्ठको कृति प्राग् इतिहास: आदिम सभ्यता सार्वजनिक

वि.सं.२०८२ असार २ सोमवार १८:३९

काठमाडौं । भूगर्भशास्त्री तथा पुरातत्वविद् विक्रम श्रेष्ठको नयाँ कृति प्राग्...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...