back

चेम्बरद्धारा ‘टेली मेडिसिन सेन्टर’को सुभारम्भ

काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघको सहकार्यमा टेलिमेडिसिन सेन्टर अन कोभिड–१९ आजै देखि संचालनमा आएकोे छ । ‘सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं’ भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघले संयुक्त रुपमा पहल गर्दै आएकोमा हाल नयां भेरियण्टको कोभिड–१९ महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चेम्बर र चिकित्स संघले यस्तो सेवा प्रवाह सुरु गरेको हो ।
यस अभियानमा रहेर टेलिमेडिसिन सेन्टरको लागि नेपाल चेम्वर अफ कमर्सले मुख्य प्रायोजन गरेको हो । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । साथै चेम्वरका अध्यक्ष राजेन्द्र मल्ल तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीबाट संयुक्त रुपमा उक्त केन्द्रको शुमारम्भ भएको थियो ।

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए ।

उक्त अवसरमा श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी बिभिन्न सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।

यस केन्द्र संचालनका लागि साल्ट टे«डिङ्ग कर्पोरेशन तथा इश्वरलाल प्रतिष्ठानको पनि सह प्रायोजना रहेको छ । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले”Mero Doctor”  App down load गर्न सकिने र उक्त एप कसरी प्रयोग गर्ने सम्वन्धमा www.merodoctor.com/help मा गइ यस वारे आवश्यक जानकारी प्राप्त गर्ने व्यवस्था रहेको छ ।

२०७८ जेठ १६ गते प्रकाशित

gaugauma singhadarbar

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

पुस मासान्त सम्म ५ खर्ब ८१ अर्ब राजस्व सङ्कलन, लक्ष्यभन्दा १८ प्रतिशतले कम

वि.सं.२०८२ माघ १ बिहीवार ११:५४

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म...

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

काठमाडौँ महानगरले गर्‍यो ३ वर्षको आय–व्यय प्रक्षेपण, आम्दानीभन्दा खर्च दोब्बरको अनुमान

वि.सं.२०८२ माघ १ बिहीवार ११:१०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी तीन आर्थिक वर्षका लागि आय–व्यय...

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

विद्युत क्षेत्रमा खुल्ला पहुँच लागू, आयोगद्वारा नयाँ निर्देशिका जारी

वि.सं.२०८२ माघ १ बिहीवार १०:३८

काठमाडौँ । विद्युत नियमन आयोगले विद्युत प्रणालीमा खुल्ला पहुँचको व्यवस्था...

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु, सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत

वि.सं.२०८२ पुस ३० बुधवार १५:५५

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक...

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति बन्द हुने

वि.सं.२०८२ पुस ३० बुधवार १०:४०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न...

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

वि.सं.२०८२ पुस ३० बुधवार १०:३८

काठमाडौं । सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र...