back

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको  बताउनु भएको छ ।  

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौँमा आयोजित उत्थानशीलको लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशालाको उद्घाटन गर्नुहुँदै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणामहरू सुनिश्चित गर्न  धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा योजना आयोग कटिबद्ध रहेको जानकारी दिनुभयो ।

उहाँले नेपाल र सम्पूर्ण हिन्दु कुश हिमाली क्षेत्रका लागि समावेशी, दिगो र लचिलो भविष्य निर्माण गर्ने साझेदारीमा मिलेर लगानी गर्नुपर्ने बताउनु हुँदै  हरित रोजगारी, जलवायु–स्मार्ट उद्यमहरू गर्न, र इकोसिस्टम निर्माण गर्न नेपाल कटिबद्ध रहेको बताउनु भयो ।

उहाँले साझा अनुभवहरू र आपसी शिक्षाले पहुँच लाभ साझेदारी, र चक्रीय अर्थव्यवस्थाहरूमा सहकार्यका लागि नयाँ ढोका खोल्ने समेत बताउनुभयो । 

“हामीले यो बुझ्नु आवश्यक छ कि उद्यमशीलता केवल एक आर्थिक गतिविधि मात्र होइन–यो समावेशी र जलवायु–लचिलो विकासको एक शक्तिशाली चालक पनि हो, नेपाल सरकारले राष्ट्रिय नीति र कार्यक्रमबाट यसबारे स्पष्ट पारेको छ” उपाध्यक्ष अधिकारीले भन्नु भयो ।

उपाध्यक्ष अधिकारीले आफूहरूसँग अहिले स्टार्टअप र इनोभेसन नीतिहरू रहेको भन्नु हुँदै यसबारेमा पछिल्ला वर्षहरूमा, नेपालले महत्त्वपूर्ण आधार तयार पारेको जानकारी दिनु भयो । 

 उहाँले उद्यमशीलतामा इकोसिस्टमसङै मेन्टरसिप ल्याउनु आवश्यक रहेको भन्नु हुँदै  मेन्टरसिपलाई वैकल्पिक सेवाको रूपमा हेर्न नहुने तर यसलाई हाम्रो अर्थव्यवस्था र समुदायहरूलाई रूपान्तरण गर्ने रणनीतिको रूपमा अँगाल्नु पर्ने समेत विचार व्यक्त गर्नु भयो । 

व्यवसायीहरूले पहिलो पटक नेपालको उद्यमशीलता इकोसिस्टममा मेन्टरसिपलाई संस्था बनाउन साहसी कदम चालेको हुँदा यो एउटा कोसे ढुङ्गा रहेको समेत बताउनु भयो ।

मेन्टरसिपमा लगानीबाट हामीले स्थानीय समस्याहरू समाधान गर्ने, सभ्य काम सिर्जना गर्ने र प्रकृति र समुदाय दुवैलाई सम्मान गर्ने व्यवसायहरू निर्माण गर्ने जनताको क्षमतामा लगानी गर्न सकिने दाबी गर्नु भयो। 

उक्त कार्यशालामा भुटान चेम्बर अफ कमर्स, नेसनल बायोडाइभर्सिटी सेन्टर र नेपालका  उद्यमीहरूको सहभागिता रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

विशेष विश्लेषण: नीतिगत भ्रष्टाचार र आसेपासे पुँजीवादको जालोमा अर्थतन्त्र, संरचनात्मक सुधारको विकल्प छैन

वि.सं.२०८३ वैशाख १५ मंगलवार १४:५७

काठमाडौँ । मुलुकको अर्थतन्त्र केवल बाह्य दबाबले मात्र होइन, भित्रैदेखि...

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने

वि.सं.२०८३ वैशाख १५ मंगलवार १३:४२

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक...