back

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रको संवेदनशीलतालाई नबुझी सूचना सम्प्रेषण गर्न नहुने उनको भनाइ छ ।

‘अहिले बैङ्किङ क्षेत्रलाई लिएर धेरै नकारात्मक सूचनाहरू आइरहेका हुन्छन् । त्यसलाई नबुझेर पनि धेरै गलत सूचना सम्प्रेषित भइदिँदा त्यसको असर समग्र क्षेत्रमा पर्न गइरहेको छ । तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ’ उनले भने ।

उनले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेको पत्रकारहरूले बैंक जस्तो क्षेत्रको संवेदनशीलता बुझेर सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनले बताए । ‘वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैङ्कबाट ऋण  लिएर तिर्नु पर्दैन भन्छन्,’ उनले भने, ‘यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ । त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ ।’

मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढङ्गले समाचार प्रकाशन गर्नुपर्ने उनले बताए ।

‘अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन । यस्तो बेलामा सकारात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ । सञ्चार माध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ । तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरि सूचना प्रवाह गर्नुपर्छ,’ उनले बताए ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ :मन्त्री भण्डारी

वि.सं.२०८२ असार १७ मंगलवार १६:१३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह...

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

वि.सं.२०८२ असार १७ मंगलवार १६:०७

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यबस्थामा रहेका...