back

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

वित्तीय क्षेत्रको संवेदनशीलतालाई नबुझी सूचना सम्प्रेषण गर्न नहुने उनको भनाइ छ ।

‘अहिले बैङ्किङ क्षेत्रलाई लिएर धेरै नकारात्मक सूचनाहरू आइरहेका हुन्छन् । त्यसलाई नबुझेर पनि धेरै गलत सूचना सम्प्रेषित भइदिँदा त्यसको असर समग्र क्षेत्रमा पर्न गइरहेको छ । तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ’ उनले भने ।

उनले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेको पत्रकारहरूले बैंक जस्तो क्षेत्रको संवेदनशीलता बुझेर सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए ।

आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनले बताए । ‘वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैङ्कबाट ऋण  लिएर तिर्नु पर्दैन भन्छन्,’ उनले भने, ‘यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ । त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ ।’

मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढङ्गले समाचार प्रकाशन गर्नुपर्ने उनले बताए ।

‘अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन । यस्तो बेलामा सकारात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ । सञ्चार माध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ । तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरि सूचना प्रवाह गर्नुपर्छ,’ उनले बताए ।

gaugauma singhadarbar

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य समायोजन

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ २ शुक्रवार ११:२६

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी...

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

वि.सं.२०८२ माघ १ बिहीवार ११:२२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।बिहीबार...

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, ८ प्रतिशत लाभांश पारित

वि.सं.२०८२ पुस ३० बुधवार १६:३४

काठमाडौँ । नागरिक लगानी कोषको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न...

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो ,चाँदीको कति ?

सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुग्यो ,चाँदीको कति ?

वि.सं.२०८२ पुस ३० बुधवार ११:११

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ लाख...

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

अब जलविद्युतकाे आईपीओ निष्कासनका लागि वर्षौँसम्म सेबोनको ढोका कुरिरहनु नपर्ने, विद्युत् नियमन आयोग र सेबोनबीच ‘एमओयू’ हुँदै

वि.सं.२०८२ पुस २९ मंगलवार १८:४२

काठमाडौं । जलविद्युत् कम्पनीहरूले साधारण शेयर (आईपीओ) निष्कासनका लागि वर्षौँसम्म...