back

बर्नाड अर्नल्टले विश्वकै धनि पहिलो युरोपियनको रुपमा इतिहास रचे

nactional life

काठमाडौँ । इतिहासमै पहिलो पटक एक यूरोपीय फेसन टाइकून बर्नाड अर्नल्ट विश्वकै धनि व्यक्ति बनेका छन् ।

हालसम्म विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा अमेरिकीहरुको मात्र दबदबा कायम थियो । उक्त चेनलाई तोड्दै केही घण्टाका लागि भए पनि फेसन टाइकून तथा लगानीकर्ता अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्सका अनुसार फ्रान्सका फेसन टाइकून बर्नाड अर्नल्ट सोमबार बिहान विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
अर्नल्ट विश्वकै सबैभन्दा धनी बन्ने पहिलो यूरोपियन नागरिक हुन् ।

अर्नल्टको कम्पनीको सेयरमूल्यमा आएको उछालसँगै सोमबार बिहान उनी विश्वकै धनी अर्बपति जेफ बेजोसभन्दा ३०० लाख डलर बढी सम्पत्तिसहित नम्बर वानमा पुगेका हुन् ।

अर्नल्टको कुल सम्पत्ति बढेर १८६.३ बिलियन डलर पुगेको थियो, जतिबेला बेजोसको कुल सम्पत्ति १८६ बिलियन डलर रहेको थियो । तेश्रो धनी व्यक्तिको सूचीमा टेस्लाका एलन मस्क रहेका छन्, जसको कुल सम्पत्ति १४७.३ बिलियन डलर रहेको छ ।

उद्यपी अर्नल्टको सबैभन्दा धनीको ताज केही घण्टा मात्र टिक्यो । फोब्र्सको रियलटाइम बिलेनियर ट्याकरका अनुसार पुनः जेफ बेजोस १८८.३ बिलियन डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा उक्लि सकेका छन् । अर्नल्ट अहिले पनि १८७.३ बिलियन डलर सम्पत्तिसहित दोश्रो धनी व्यक्तिको रुपमा रहेका छन् ।

२०७८ जेठ ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५३

काठमाडौं। नेपालमा मात्र पाईने एकमात्र चरा काँडेभ्याकुर मधेश प्रदेशमा पहिलो...

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

आठ वर्षदेखि अलपत्र चक्रपथ विस्तार; चिनियाँ अनुदानको पर्खाइ एकातिर, नेपाल सरकार आफैँले भत्कायो निर्माणको ढिलासुस्ती

वि.सं.२०८३ जेठ २४ आइतवार १६:४९

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनको मुख्य मेरुदण्ड मानिएको...

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

सर्वोच्चको नजिर: धितो रोक्कामा प्रक्रियागत त्रुटि देखाएर जमानीकर्ता दायित्वबाट उम्कन नमिल्ने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:३५

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कर्जा सुरक्षाका लागि राखेको...

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

फिफा विश्वकप २०२६ मा नयाँ नियम : समय खेर फाल्ने प्रवृत्ति रोक्न कडा कदम

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२५

काठमाडौँ । आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित...

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो आईपीओ आउँदै: जुन १२ बाट कारोबार सुरु हुने

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२१

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी...