बर्नाड अर्नल्टले विश्वकै धनि पहिलो युरोपियनको रुपमा इतिहास रचे

वि.सं.२०७८ जेठ ११ मंगलवार

काठमाडौँ । इतिहासमै पहिलो पटक एक यूरोपीय फेसन टाइकून बर्नाड अर्नल्ट विश्वकै धनि व्यक्ति बनेका छन् ।
हालसम्म विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा अमेरिकीहरुको मात्र दबदबा कायम थियो । उक्त चेनलाई तोड्दै केही घण्टाका लागि भए पनि फेसन टाइकून तथा लगानीकर्ता अर्नल्ट विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।
फोब्र्सका अनुसार फ्रान्सका फेसन टाइकून बर्नाड अर्नल्ट सोमबार बिहान विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
अर्नल्ट विश्वकै सबैभन्दा धनी बन्ने पहिलो यूरोपियन नागरिक हुन् ।
अर्नल्टको कम्पनीको सेयरमूल्यमा आएको उछालसँगै सोमबार बिहान उनी विश्वकै धनी अर्बपति जेफ बेजोसभन्दा ३०० लाख डलर बढी सम्पत्तिसहित नम्बर वानमा पुगेका हुन् ।
अर्नल्टको कुल सम्पत्ति बढेर १८६.३ बिलियन डलर पुगेको थियो, जतिबेला बेजोसको कुल सम्पत्ति १८६ बिलियन डलर रहेको थियो । तेश्रो धनी व्यक्तिको सूचीमा टेस्लाका एलन मस्क रहेका छन्, जसको कुल सम्पत्ति १४७.३ बिलियन डलर रहेको छ ।
उद्यपी अर्नल्टको सबैभन्दा धनीको ताज केही घण्टा मात्र टिक्यो । फोब्र्सको रियलटाइम बिलेनियर ट्याकरका अनुसार पुनः जेफ बेजोस १८८.३ बिलियन डलर सम्पत्तिसहित विश्वकै धनी व्यक्तिको सूचीमा उक्लि सकेका छन् । अर्नल्ट अहिले पनि १८७.३ बिलियन डलर सम्पत्तिसहित दोश्रो धनी व्यक्तिको रुपमा रहेका छन् ।
२०७८ जेठ ११ गते प्रकाशित

प्रकाशित समय : ०१:१२ बजे