back
himalayan life

राज्यले उद्योगको संरक्षण गर्नुपर्छ तर सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दियो : अध्यक्ष सिंह

‘मन्त्री क्वाटर बनाउको लागि भ्रष्टाचार गर्नको लागि भ्याट बढाउन मूल्य बढाएको छ । सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको छ।’

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले सरकारले अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका छन् ।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा भएको छलफलमा उनले सरकारले अत्यन्तै सिमेन्टको मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै त्यहीमाथि अध्यादेश ल्याएर कालोबजारी गर्ने छुट दिएको आरोप लगाएका हुन् ।

उनले भने,‘राज्यले उद्योगको संरक्षण गर्नुपर्छ यो कुरामा हाम्रो सहमति छ । उद्योगीहरुले आफूले उत्पादन गरेको उत्पादन मूल्यको निश्चित प्रतिशत नाफा लिन्छ , अहिले त भन्न मिलेर कालोबजारी , हिजोसम्म भन्थ्यौं हामीले कालोबजारी अहिले त सरकारले विधेयक लिएर आएर कालोबजारी गर्ने छुट दिएको छ । आज अत्यन्तै सिमेन्टको मूल्य वृद्धि भयो तर उत्पादन कटौती गरेर । अहिले सिमेन्ट प्राप्त गर्ने अवस्था पनि रहेन् । हामीले दोव्बर वृद्धि खेपेका नै छौं ।’

त्यस्तै उनले उद्योग मन्त्रीको सचिवालयबाट र मन्त्रालयबाट पेसागत संगठन गर्ने काम भएको भन्दै आक्रोश पोखे ।उनले भने,‘उद्योग मन्त्रीको सचिवालयबाट मन्त्रालयबाट यो किसिमको पेसागत संगठन गर्ने । २४ हजार निर्माण व्यवसायीको छाता संगठन निर्माण व्यवसायी महासंघलाई एकातिर राखेर पेसागत संगठन गर्ने एमाले, कांग्रेस, माओवादी राप्रपाको संगठनलाई चाँही बोलाएर छलफल गराएर महासंघले २७ गते गरेको भेलाको म्यानडेडको विपरित छ यो ।’त्यस्तै सांसद अमरेश कुमार सिंहले सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको बताए । उनले भने, ‘मन्त्री क्वाटर बनाउको लागि भ्रष्टाचार गर्नको लागि भ्याट बढाउन मूल्य बढाएको छ । सरकारले जनतालाई मारमा पारेर राजस्व उठाउन खोजेको छ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...