back

प्रदेश र स्थानीय तहलाई आन्तरिक ऋण लिन ऐन र नियम सुधार जरुरी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले सबै तहका सरकारले आयोजनाको खर्च मितव्ययी र पारदर्शी हुनुपर्ने बताएका छन् ।

मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको बैठकमा उनले तीनवटै तहका सरकारले लिएको ऋण कुन आयोजनामा खर्च गरेको हो आयोजनागत हिसाबले बजेट बनाउदैँ गर्दा मिलाउनुपर्ने औंल्याए ।

प्रदेश र स्थानीय तहले आन्तरिक ऋण लिन नसकेको उल्लेख गर्दै अध्यक्ष पौडेलले त्यसका लागि ऐन र नियम महत्वपूर्ण हुने बताए । उनले विभिन्न अनुदानमा संघले प्रदेश र स्थानीय तहलाई हेला गरेको गुनासो आउने गरेको सुनाए । तीनवटै तहका सरकारले उत्पादनमूलक, प्राथमिकता प्राप्त, रुपान्तरणकारी योजना, राष्ट्रिय गौरवका आयोजना, रोजगारी सिर्जना गर्ने खालका काममा ध्यान दिन उनले सुझाव दिए ।

‘संघीय सरकार, स्थानीय र प्रदेश सरकारलाई ऋणको सिफारिस गरेर भनेका छौ र तहगत रुपमा सिफारिसमा पनि के भनेका छौं भने ऋण कुन आयोजनामा खर्च गरेको हो, आयोजनागत हिसाबले बजेट बनाउदैँ गर्दा मिलाउनुहोस । आन्तरिक ऋण आयोजनागत हिसाबले खुलाउनुहोस भनिरहेका छौं तर किन कार्यान्वयन नगरेको भनेर कुनै सांसदले आवाज उठाएको पाएका छैनौं,’ उनले भने ।

यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्माले भविष्यको दिगो विकास भनेको प्राकृतिक स्रोत भएको भन्दै प्राकृतिक स्रोतको प्रयोग भविष्यको लागि संरक्षित हुने हिसाबले गर्नुपर्ने बताए । सर्वोच्च अदालतले प्राकृतिक स्रोतलाई राज्यको स्वामित्व नभएर राज्यको संरक्षक भनेको पनि उनको भनाई छ ।

उनले भने, ‘प्राकृतिक स्रोत विश्वव्यापी सम्पत्ती भएको हुनाले विश्वव्यापी रुपमा हेर्नुपर्ने भएकाले सर्वोच्च अदालतले नै प्राकृतिक स्रोतलाई राज्यको स्वामित्व नभएर राज्यको संरक्षक पनि हो भनेको छ । भविष्यको दिगो विकास भनेको प्राकृतिक स्रोत हो, हामीले जति पनि प्राकृतिक स्रोत प्रयोग गर्छौ त्यो भविष्यको लागि लोप नहुनेगरि संरक्षित हुनुपर्ने हुन्छ । यस्तो कुरामा एउटैले वितरण गर्ने हो भने पारदर्शि, समायोजित वितरण हुनसक्छ । अलग अलग हुँदा दृष्टिकोण फरक हुन सक्छ ।’

बैठकमा समिति सभापति माया प्रसाद शर्मा, समिति सदस्य नर बहादुर विस्ट र पदम बहादुर परियारले पनि आफ्नो भनाई राखेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...