आजको फलफूल तथा तरकारीको मूल्य
वि.सं.२०८१ पुस ३ बुधवार
काठमाडौँ । आज गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ८५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ६०, आलु सेतोको ५४, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ८० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, घिरौला ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लोकल परवर ६० रुपैयाँ कायम भएको छ । भिण्डी १२० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ९० रुपैयाँ, पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ ।
रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरिको साग ४०, पालूगो साग ९० र चमसुरको साग ९० रुपैयाँ रहेको छ । कन्य च्याउ १५०, डल्ले च्याउ २५०, कुरीलो १ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १३० रहेको छ ।
प्रकाशित समय : १०:१६ बजे





















