back

सरकारले चार महिनामा दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गर्योः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन ।

उनले असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड रुपैयाँलाई घटाएर ५६ करोड बाँकी रहेको भन्दै कर्मचारीलाई उपदान दिनुपर्ने ८ करोड ३८ लाख,कर्मचारी तलव ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख,कर्मचारी तलव १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख बाँकी रहेको बताए।

सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताए । उनले सरकारले बिहीवारको मन्त्रीपरिषद्बारा उखुको समर्थन मूल्य तोक्ने र बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको उनले बताए ।

उनले भने,‘ उखुको सन्दर्भमा मन्त्रालयले समर्थन मूल्यको लागि मन्त्रीपरिषदमा पठाएका छौं । भोलिसम्म उखुको समर्थन मूल्य बाहिर सार्वजनिक हुन्छ । उखु किसानहरु अत्यन्तै मर्कामा छन् । राज्यले किसानलाई दिनुपर्ने मूल्य असोजमा पठाईसक्यौं । यो वर्षको समर्थन मूल्य तोकेपछि त्यसको व्यवस्थापन पनि यो वर्ष नभएपनि यही समयसम्म काम अगाडि बढ्छ । बाली बीमामा लामो समय रोकिएको पैसा दिन सकिएको थिएन । तर यो वर्ष समयमा नै भुक्तानी पाएका छन् । हामीले किसानलाई दिनुपर्ने मल समयमा उपलब्ध गराउन नसक्नुको पछाडी सरकारको झनझटीलो कानून भएका कारण सकिएको छैन । सरकारले सार्वजनिक खरिद ऐन लागयतका कानूनहरु संशोधन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । त्यो आगामी संसदमा अगाडि बढ्छ । त्यसमा कृषि ऐन पनि आउँछ । दुग्ध विकास संस्थानले किसानसँगै किनेको मूल्य भन्दा बढी मूल्यमा दुग्ध बेच्ने तर किसानलाई पैसा नदिने कुराहरु आएका छन् । सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेका छौं ।

मन्त्री अधिकारीले भने असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने १ अर्ब ५८ करोड,कर्मचारीलाई उपदान दिनपर्ने ८ करोड ३८ लाख,कर्मचारी तलव ४ करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाख थियो । अब किसानलाई भुक्तानी गर्नुपर्ने ५६ करोड,कर्मचारीलाई उपदान दिनुपर्ने ७ करोड २४ लाख,कर्मचारी तलव १ करोड ७ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी ३ करोड ९४ लाख छ । सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भूक्तानी गर्न सफल भएका छौं । किसानलाई हामी आएपछि १ खर्ब ३० करोड भुक्तानी भएको छ ।’


बिहीबार सुनचाँदीको भाउ बढ्यो

बिहीबार सुनचाँदीको भाउ बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार ११:०७

काठमाडौं । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार...

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १०:५९

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने छ : मन्त्री यादव

वि.सं.२०८२ वैशाख १० बुधवार १७:१३

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका...

इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर

इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर

वि.सं.२०८२ वैशाख १० बुधवार १५:२०

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै...

७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

७ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

वि.सं.२०८२ वैशाख १० बुधवार ११:५०

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७...