सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
वि.सं.२०८१ मंसिर १४ शुक्रवार
काठमाडौं । नेपाली बाजारमा सुन र चाँदीको मूल्य बढेको छ । शुक्रबारकोसुन प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : १३:१२ बजे