back

दुई अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदैशिक रोजगार बचतपत्रको बिक्री खुल्यो

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्रीका लागि आह्वान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अवधि र ब्याजदर निर्धारण गरेको थियो ।

नागरिक बचतपत्र

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर ७.५ प्रतिशत रहेको छ । सो बचतपत्रमा खरीदका लागि इच्छुक नेपाली नागरिकले यही मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

नागरिक बचतपत्रको ब्याज ६–६ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासनको सीमामा नबढाई १० हजारले भाग जाने रकम हुनुपर्नेछ ।

आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ । बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरु अनलाइन अपलोड गर्नुपर्नेछ। यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय २०८६ पुस १६ गते रहेको छ ।

पचाँस करोडको वैदैशिक रोजगार बचतपत्र

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयााको वैदेशीक रोजगार बचतपत्रको समेत बिक्री खुला गरेको छ । सो बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर ८.५ प्रतिशत रहेको छ । वैदेशीक रोजगार बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । यस्तै गैर(आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्नसक्ने कार्यालयले जनाएको छ । यस बचतपत्रमा खरीदका लागि यही मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

बचतपत्र खरिदका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासनको सीमामा नबढाई १० हजारले भाग जाने रकम हुनुपर्नेछ । यस बचतपत्रको निस्कासन मिति पुस १६ तोकिएको छ भने परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय २०८६ पुस १६ गते रहेको छ ।

बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ । यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरु अनलाइन अपलोड गर्नुपर्नेछ।


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...