back

दुई अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदैशिक रोजगार बचतपत्रको बिक्री खुल्यो

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्रको बिक्रीका लागि आह्वान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अवधि र ब्याजदर निर्धारण गरेको थियो ।

नागरिक बचतपत्र

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर ७.५ प्रतिशत रहेको छ । सो बचतपत्रमा खरीदका लागि इच्छुक नेपाली नागरिकले यही मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

नागरिक बचतपत्रको ब्याज ६–६ महिनामा भुक्तानी हुनेछ । बचतपत्र खरिदका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासनको सीमामा नबढाई १० हजारले भाग जाने रकम हुनुपर्नेछ ।

आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ । बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरु अनलाइन अपलोड गर्नुपर्नेछ। यस बचतपत्रको निस्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय २०८६ पुस १६ गते रहेको छ ।

पचाँस करोडको वैदैशिक रोजगार बचतपत्र

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयााको वैदेशीक रोजगार बचतपत्रको समेत बिक्री खुला गरेको छ । सो बचतपत्रको अवधि पाँच वर्ष र ब्याजदर ८.५ प्रतिशत रहेको छ । वैदेशीक रोजगार बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । यस्तै गैर(आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्नसक्ने कार्यालयले जनाएको छ । यस बचतपत्रमा खरीदका लागि यही मंसिर १३ गतेदेखि पुस १४ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

बचतपत्र खरिदका लागि न्यूनतम आवेदन रकम १० हजार रुपैयाँ निर्धारण गरिएको छ र आवेदन रकमको अधिकतम सीमा कुल निस्कासनको सीमामा नबढाई १० हजारले भाग जाने रकम हुनुपर्नेछ । यस बचतपत्रको निस्कासन मिति पुस १६ तोकिएको छ भने परिपक्क हुने अवधि अर्थात् फिर्ता पाउने समय २०८६ पुस १६ गते रहेको छ ।

बचतपत्रको आवेदन फाराम वेबसाइटमा उपलब्ध हुने र आवेदन पोर्टल मार्फत इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया अनलाइन मार्फत गर्नुपर्नेछ । यस प्रक्रियामा, आवेदन पेश गर्ने व्यक्तिको बैंक खाता प्रमाणित गर्नुपर्नेछ र आवेदनमा आवश्यक कागजातहरु अनलाइन अपलोड गर्नुपर्नेछ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...