back

साढे १४ अर्बले घट्यो क्यास सर्कुलेशन, नगद मौज्दात २३६ अर्ब ९५ करोडपुग्यो

यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

काठमाडौं । एक महिनामा सरकारी खाताबाट ७५ अर्ब रुपैयाँ बढी नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनको तुलनामा भदौंमा उक्त रकम ७५ अर्ब ५ करोड रुपैयाँले घटेको हो ।

गत साउनमा सरकारी खातामा तीन खर्ब १२ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो । भदौंमा उक्त रकम घटेर २ खर्ब ३६ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो रकम सरकारले खर्च गरेर बाँकी रहेको रकम हो ।

गत असार मसान्तसम्म तीन खर्ब ५५ अर्ब ४५ रुपैयाँ रहेको यस्तो मौज्दात चालु आवको भदौं मसान्तसम्म आइपुग्दा एक खर्ब १८ अर्ब ५० करोड अर्ब रुपैयाँले घटेको छ ।

यस अवधिमा सरकारी ढुकुटीमा २ खर्ब ३८ अर्ब बढी निक्षेप रहेको जनाएको छ । यस अवधिमा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा कूल २ खर्ब ३८ अर्ब ३० करोड ९० लाख रुपैयाँ निक्षेप रहेको बैंकले राष्ट्र बैंकले जनाएको हो ।

२०८१ असारसम्म यस्तो निक्षेप जम्मा ६३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ मात्र रहेको थियो । उक्त रकम भदौं मसान्तसम्म आइपुग्दा एक खर्ब ७४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा सरकारको सरप्लस मौज्दात शुन्य रहेको छ । राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म वित्तीय बजारमा क्यास सर्कुलेशन २.१६ प्रतिशतले घटेको छ । राष्ट्र बैंकका अनुसार भदौं मसान्तसम्म वित्तीय बजारमा १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ भन्दा बढी नगद प्रवाह घटेको छ ।

यस अवधिमा नगद प्रवाह ६ खर्ब ६५ अर्ब ३३ करोड ९ लाख ९५ हजार रुपैयाँ रहेको हो । गत असार मसान्तसम्म यस्तो प्रवाह ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख २ हजार रुपैयाँ रहेको थियो ।

भदौं मसान्तसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब एक अर्ब ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ । २०८१ असारसम्म रिजर्भमा ५ खर्ब ७२ अर्ब ७ करोड ९५ लाख रुपैयाँ थियो । आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी राष्ट्रिय ढुकुटीमा नेपालको सम्पत्ति ८७ अर्ब ४६ करोड ६२ लाख रुपैयाँले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम २० खर्ब ५६ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ रहेको थियो । उक्त सम्पति चालु आवमा आइपुग्दा ४.२५ प्रतिशतले बढेर २१ खर्ब ४४ अर्ब ६१ लाख रुपैयाँ पुगेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...