back

हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच आज एमाओयूमा हस्ताक्षर हुँदै

काठमाडौँ । बैंकिङ उद्योगका ठुला दुई हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको अन्त्यमा आएका छन् । आज एक कार्यक्रममा बीच प्रारम्भिक समझदारी(एमाओयू)मा हस्ताक्षर हुन लागेको हो ।

काठमाण्डौको एलोफ्ट होटलमा एक औपचारिक कार्यक्रममा दुवै बैंकका अध्यक्षहरु पृथ्वीबहादुर पाँडे र तुलसी गौतमले आज एमाओयूमा हस्ताक्षर गर्नेछन् । कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति हुनेछ भने हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिने इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बताए ।

यी दुई बैंकबीच एक बराबर एकको सेयर स्वाप अनुपातमा मर्जर सम्झौता हुन लागेको हो । मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन इन्भेष्टमेन्ट बैंक’ रहने दुवै बैंकको संचालक समितिले निर्णय गरिसकेको छ ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक राणा नै रहनेछन् भने संचालक समितिको अध्यक्षमा इन्भेष्टमेन्ट बैंकका अहिलेको अध्यक्ष पृथ्वीबहादुर पाँडे रहनेछन् । इन्भेष्टमेण्टका सीईओ ज्योति पाण्डे भने मर्जरपछि डेपुटी सीईओको भूमिकामा रहने छन् ।

त्यस्तै दुबै बैंकबाट ३–३ जना सञ्चालक राख्ने र थप १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने सहमति भएको छ ।

दुई बैंकबीच मर्जरको सम्झौतापछि चालु आर्थिक वर्षभित्रैबाट एकीकृत कारोबार भने सुरु हुन नसक्ने देखिएको छ । अब नयाँ आर्थिक वर्षको पहिलो त्रैमासभित्र मर्जरको सबै काम सकेर एकीकृत कारोबार थाल्ने गरी एमओयू हुन लागेको हो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...