back

सीवाईसी नेपाल र शालिग्राम लघुवित्तको विशेष साधारणसभा आह्वान

काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तले विशेष साधारणसभा आह्वान गरेका छन् ।
मर्जर तथा प्राप्ति सम्झौता पारित गर्ने निर्णय सहित सीवाईसी नेपालले जेठ १४ गते शुक्रबार बाग्लुंगको होटेल पिस प्यालेसमा सभा आह्वान गरेको हो भने शालिग्रामले पनि जेठ १४ गते नै म्याग्दी स्थित आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको छ । सभाबाट सीवाईसी नेपाल लघुवित्तले शालिग्राम लघुवित्तलाई प्राप्ति गर्न लागेको प्रस्ताव पारित हुने छ ।

सभामा मर्जर तथा प्राप्ति सम्बन्धमा संचालक समितिको प्रतिवेदन पारित गर्ने, डिडिए रिपोर्ट र स्वाप रेसिय पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि गर्नु पर्ने सबै कार्यको जिम्मेवारी संचालक समितिलाई दिने, प्रबन्धपत्र र नियमावली आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन भएमा सो अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

दुवै नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएका लघुवित्त हुन्। यसअघि सीवाईसीको स्वाप १०० र शालिग्रामको ८० रहनेगरि दुवै लघुवित्तले आरम्भ माइक्रोफाइनान्ससंग मर्जर गर्ने सम्झौता गरेका थिए। तर उक्त मर्जर सम्झौता तोडीएपछि सीवाईसी र शालिग्राम मर्जरमा जान लागेका हुन् ।

७ करोड चुक्तापुंजी र बाग्लुङ केन्द्रिय कार्यलय भएको सीवाईसी राष्ट्रिय स्तरको लघुवित्त हो भने १ करोड ६० लाख लघुवित्त भएको म्याग्दी केन्द्रिय कार्यलय भएको शालिग्राम लघुवित्त गण्डकी प्रदेश स्तरीय लघुवित्त हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...