back

नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धनमा सरकार प्रतिबद्ध

काठमाडौं । नवीकरणीय ऊर्जा परिसंघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई मंगलबार भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

परिसंघअन्तर्गतका सौर्य विद्युत् उत्पादक संघ नेपाल, नेपाल लघु जलशक्ति विकास संस्था, नेपाल वायोग्यास प्रवर्द्धन संघ, जल तथा ऊर्जा पराशर्मदाता संघ नेपाल लगायत संस्थाका पदाधिकारीले संयुक्तरूपमा नवनियुक्त मन्त्रीहरुलाई ऊर्जा क्षेत्रको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउनको लागि उहाँहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गरेका छन् ।

उक्त अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै स्रोतको ।विशेष ध्यान दिनको लागि सरकार प्रतिबद्ध रहेको बताए ।

निजी क्षेत्रलाई लिखित रुपमै आवश्यक सुझाव उपलब्ध गराउनका आग्रह गरे । त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकार तयार रहेको बतए । निजी क्षेत्रलाई नतिजामुखी कार्यमा अगाडि बढ्नको लागि आग्रह गर्दै नवीकरणीय ऊर्जा परिसंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा परिसंघका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गरेका थिए ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । परिसंघले सरकारसँग सहकार्य गर्दै नवीकरणीय ऊर्जा स्रोतहरुको प्रवर्द्धन, नीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

मंगलबार नै परिसंघले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधु प्रसाद भेटवालसँग पनि भेट गरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रको महत्वपूर्णता र प्राथमिकतामा ध्यान आकर्षित गराएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...