back

भद्रपुरले सङ्कलन गर्याे ३ अर्ब २१ करोड राजस्व

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख ९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले आव २०७९/८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा ३ अर्ब एक करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए ।

गत आवमा कार्यालयको ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो । तर ८४.५७ प्रतिशतमात्र राजस्व सङ्कलन गर्न सकिएको छ ।

‘देशभर व्यापार व्यवसायमा गिरावट आउँदा राजस्व सङ्कलनमा कमी आएको हा,’ उनले भने ।

आन्तरिक राजस्व कार्यालयले आयकरबाट १ अर्ब ६९ करोड ९४ लाख रुपैयाँ, भाडा आयकरबाट ३ करोड ६४ लाख रुपैयाँ, ब्याजबापत ११ करोड ५९ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत १ अर्ब २९ करोड ५ लाख रुपैयाँ तथा अन्तःशुल्कबापत ६४ करोड ४६ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी आचार्यले बताए ।

जिल्लामा विकास निर्माणका आयोजनामा चालु आवमा कम भुक्तानी हुँदा मूल्य अभिवृद्धि करबापत हुने आम्दानी घटेको छ । गत आवमा मूल्य अभिवृद्धिकरबापत १ अर्ब ३७ करोड ८८ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वि.सं.२०८३ साउन १७ आइतवार २०:३१

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

वि.सं.२०८३ साउन १७ आइतवार ०८:४१

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...