back

सिईडिबिको आईपीओको बाँडफाड अर्काे हप्ता गरिने

काठमाडौं । सीइडीबी हाइड्रोपावरको आइपीओको बाँडफाड अर्काे हप्ता हुने भएको छ । जारी निषेधाज्ञाका कारण भेरीफाईको काममा ढिला भएको जानकारी गराउँदै बिक्री प्रबन्धक सनराइज क्यापिटल अर्काे हप्ता बाँडफाड गरिने बताएको हो ।
सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ जनाले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर जारी तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई जारी भन्दा ११.२४ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले गोलाप्रथा विधीबाट बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

‘माया भनेकै यस्तो होला’ को टाइटल गीत सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार २०:०१

काठमाडौं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को पहिलो टाइटल...

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट–मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:५८

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर...

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

नेप्सेमा सामान्य सुधार, कारोबार रकममा पनि वृद्धि

वि.सं.२०८३ साउन १५ शुक्रवार १६:२४

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

उद्योग विभाग पूर्ण रूपमा ‘पेपरलेस’ बन्दै: साउन १८ देखि भौतिक रूपमा आवेदन नलिइने

वि.सं.२०८३ साउन १५ शुक्रवार १३:२२

काठमाडौँ। नेपालमा उद्योग-व्यवसाय सञ्चालनलाई थप सहज, पारदर्शी र झन्झटमुक्त बनाउने...

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:५५

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु...

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

अब लट्री प्रणाली र रू. १०० को सीमा सकिने: आइपीओको मूल्य अब लगानीकर्ताले नै तोक्ने

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१०

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आइपीओ) विधिमा...