back

गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजारमा जारी प्रदर्शन बिहीबार हिंसात्मक बनेपछि गोलीकाण्ड, आगजनी, तोडफोड र कफ्र्युको अवस्था सिर्जना भएको छ ।

बिहानदेखि नै गोलबजार क्षेत्रमा प्रदर्शनकारीहरूले नाराबाजी गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । सुरुवातमा आन्दोलन शान्तिपूर्ण प्रदर्शन र नाराबाजीमै सीमित देखिए पनि दिउँसो करिब २ बजेदेखि अवस्था अचानक तनावपूर्ण बनेको थियो ।

गोलबजार नगरपालिका–४ क्षेत्रमा दुई समूह आमनेसामने भएपछि दुवैतर्फबाट चर्को नाराबाजी सुरु भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीचमा रहेर अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहे पनि केही समयपछि दुई समूहबीच लखेटालखेट र ढुंगामुढा सुरु भयो ।

झडप चर्किएसँगै भीडको एक समूहले नेपाल टेलिकम कार्यालय नजिक पार्किङमा राखिएका करिब २१ वटा मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगो र बाक्लो धुवाँले राजमार्ग ढाकिएपछि दमकल परिचालन गरिएको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कफ्र्यु आदेश जारी गर्यो भने नेपाली सेना समेत परिचालन गरिएको थियो ।

झडपपछि प्रदर्शनकारीहरू क्याम्पस रोडतर्फ पुगेका थिए । केही समय अवस्था सामान्य देखिए पनि त्यसपछि गोली चलेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसियाही निवासी १५ वर्षीय गणेश यादव र धनुषाको धनुषाधाम नगरपालिका निवासी १९ वर्षीय सुभाष ठाकुर घाइते भएका थिए। घटनापछि दुवैलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा गणेश यादवको मृत्यु भएपछि प्रदर्शन थप आक्रोशित बनेको थियो। त्यसपछि बजारका विभिन्न स्थानमा पसल, होटल तथा अन्य व्यावसायिक संरचनामा तोडफोड र आगजनी भएका स्थानीयले बताएका छन् ।

साँझतिर सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि पटक–पटक अश्रुग्यास प्रहार गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाएपछि विस्तारै प्रदर्शनकारीहरू सडकबाट हट्न थालेका थिए ।

मृतक गणेश यादवका आफन्तहरूले दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने अडान लिएपछि केहीबेर प्रहरी र आफन्तबीच धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पछि प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक प्रक्रियाका लागि लगेको थियो ।

घाइते सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १२ देखि १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालको मुखमा चोट लागेको र उपचारका क्रममा टाँका लगाइएको प्रहरीले जनाएको छ।

बिहीबार रातिसम्म गोलबजार क्षेत्रमा कफ्र्यु जारी रहँदा सडकमा जलेका मोटरसाइकल, फुटेका सिसा, अश्रुग्यासका खोल र सुरक्षाकर्मीको बाक्लो गस्ती मात्र देखिन्थ्यो।

बिहान सामान्य नाराबाजीबाट सुरु भएको प्रदर्शन साँझसम्म आइपुग्दा गोलीकाण्ड, एक जनाको मृत्यु, आगजनी, तोडफोड र कफ्र्युको अवस्थासम्म पुगेको छ। घटनाको वास्तविक कारण, गोली चलेको परिस्थिति र हिंसा कसरी चर्कियो भन्ने विषयमा निष्पक्ष अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

वि.सं.२०८३ साउन १५ शुक्रवार ०९:४६

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा श्रावण १० गते भएको...

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री शाह

वि.सं.२०८३ साउन १४ बिहीवार २०:५३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरी लगायत मधेशका विभिन्न जिल्लामा...

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

कप्तानगन्ज घटनाप्रति यातायात व्यवसायी महासङ्घको चिन्ता, पूर्व-पश्चिम राजमार्गमा सहज यातायात सञ्चालन गर्न अपील

वि.सं.२०८३ साउन १४ बिहीवार १९:१८

ललितपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुनसरीको देवानगन्ज गाउँपालिका...

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

सुनसरीको घटनाप्रति शान्ति र सद्भाव कायम गर्न सबैसँग महासंघको अपिल

वि.सं.२०८३ साउन १४ बिहीवार १९:०२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा...

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

शान्ति, सुरक्षा तथा जनजीवनलाई पुनः सामान्य बनाउन चेम्बरको माग

वि.सं.२०८३ साउन १४ बिहीवार १८:५७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै...

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

वि.सं.२०८३ साउन १४ बिहीवार १८:११

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...