back

प्रभू इन्स्योरेन्सको बिमा शूल्क आर्जन ६.३३ प्रतिशतले बढ्यो

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बिमा शुल्क आर्जन ६.३३ प्रशितले बढाउन सफल भएको छ । समिक्षा आधिमा कम्पनीने ४६ करोड १४ लाख रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ४३ करोड ३० लाख रुपैयाँ रहेको थियो।

बीमा शुल्क आर्जन बढाएसँगै कम्पनीको नाफामा पनि सामान्य वृद्धि भएको छ । कम्पनीले चैत मसान्तसम्मको विवरण अनुसार गत वर्षको तुलनामा यो वर्ष नाफा ४.९५ प्रतिशतले बढाएको छ । अर्थात कम्पनीले चैतसम्म खुद नाफा बढेर १५ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीको नाफा १५ करोड २२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय ३.१२ प्रतिशतले घटेर २ करोड ७७ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आय २ करोड ८६ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीको दाबी भुक्तानी ५.८० प्रतिशतले घटेर १३ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो भुक्तानी १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ११.१३ प्रतिशत घटेर ११ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १२ करोड ७१ लाख रुपैयाँ बढी थियो।

समीक्षा अवधिमा कम्पनीले बीमा कोषको आकार बढाएर ७८ करोड ८९ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यस्तो कोषमा ६५ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। गत वर्षको यही अवधिसम्म २३ करोड ३ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर २८ करोड ९३ लाख रुपैयाँको उचाइमा पुगेको छ। त्यस्तै ९ करोड २५ लाख रुपैयाँ रहेको महाविपत्ति कोष बढेर ११ करोड ७० लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिसम्म जारी बीमालेखको संख्या ८० हजार ४८७ पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ५० हजार ७७७ रहेको थियो।

चुक्तापुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ रहेको छ। पीई रेसियो ६४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...