back
himalayan life

मेयर हर्क साम्पाङलाई अर्थमन्त्रीले भने- तपाईंको अभियानमा म पनि सँगै हुनेछु

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए ।

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए ।

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए । ‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु । यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु ।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो ।

राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे । मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...