back

दुर्गा प्रसाईंले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी, भन्छन् पैसा कमाएर बैंकको सबै ऋण तिर्छु

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब आफूले बैंकको ऋण तिर्ने बताएका छन् ।

आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म बैंकको ऋण नतिरेको भए पनि अब आफूले लिएको सबै ऋण तिर्ने प्रतिवद्धता गरेका हुन् ।

झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि खुसी व्यक्त गर्दै उनले अब मेडिकल कलेज सञ्चालन गरेर बैंकको अण पनि तिर्ने बताएका हुन् ।

‘मेडिकल कलेजले सम्बन्धन पाएको छ, अब म बैंकको पैसा तिर्छु, मैले बैंकको पैसा तिर्दिनँ भनेको छैन, ७ प्रतिशतको ब्याज किन १७ प्रतिशत बनायौँ भनेर मात्रै प्रश्न गरेको हो,’ उनले भने ।

उनले आफ्नो अभियान भने नरोकिने बताएका छन् । उनले अब मेडिकल पनि सँगै सञ्चालन गर्ने र अभियानलाई पनि तीव्रता दिने बताएका छन् ।

सबै संरचना निर्माण भएपनि बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउन सकेको थिएन । तर, सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएपछि उनी खुसी भएका छन् ।

उनले विभिन्न बैंकको ५ अर्बभन्दा बढी ऋण तिर्न बाँकी छ । उनले हालसम्म बैंकको किस्ता पनि तिर्न सकेका छैनन् ।

बैंकरहरूका अनुसार प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ ।

तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् भने लिएको ऋण पनि तिर्न ताकेता गरिरहेका छन् ।

बैंकले साँवा ब्यउाज तिर्न ताकेता गरिरहेका बेला उनले भने बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न भन्दै अराजक अभियान नै अगाडि बढाएका छन् ।

उनले २० लाखभन्दा कम ऋण मिनाहा गर्नु पर्ने माग अगाडि सारेका छन् । तर, अन्ततः उनी अब ऋण तिरेर अगाडि बढ्ने योजनामा पुगेका हुन् ।


नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...