back
himalayan life

पहिलो चौमासिकमा काठमाडौँ महानगरको राजस्व करिब ३ अर्ब उठ्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रू दुई अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको छ ।

उक्त रकम गत आवको सोही अवधिको भन्दा रू १७ करोडले बढी हो । कामपाले गत आवको पहिलो चौमासिकमा रू दुई अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।

उनका अनुसार चालु आवको चार महिनामा सबैभन्दा धेरै घरबहाल कर रू ८१ करोड ९२ लाख र सम्पत्ति कर रू ४१ करोड ८६ लाख असुल भएको छ । कामपाले चालु आवका लागि रू १० अर्ब ८० करोड राजस्व असुलको लक्ष्य लिएको छ । पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्”, उनले भने, “पछिल्लो समय एक हजार तीन सय करदाता थपिएका छन् ।”

अहिले कामपामा तीन लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए । कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ ।

लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले बताए । उनका अनुसार हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

वि.सं.२०८३ असार ५ शुक्रवार ११:०३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...