अर्थमन्त्रालयमा ३ विज्ञको प्रवेशले बजेट निर्माणका लागि बन्यो अर्थमन्त्री डा. महतको टिम
अर्थमन्त्री डा. महतले विज्ञहरुको टिम बनाएर देशको वर्तमान आर्थिक समस्या समाधान गर्ने छन् ।
वि.सं.२०८० वैशाख ८ शुक्रवार
काठमाडौं । अर्थमन्त्रालयमा तीन आर्थिक सल्लाहकार नियुक्ति भएका छन् । सरकारले प्रमुख आर्थिक सल्लाहकारमा डा. विश्वनाथ पौडेल र सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई नियुक्ति गरेको हो ।
अर्थमन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति भएका डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । पौडेल आर्थिक नीति र बजेट निर्माण विशेष दख्खल राख्दछन् ।
अर्थमन्त्रालयको आर्थिक सल्लाहकार बनेका राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पाण्डे विशेष अन्तराष्ट्रिय व्यापारमा पोक्त मानिन्छ । यता, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने आर्थिक अनुसन्धान र मौद्रिक नीतिमा बिशेषज्ञता प्राप्त गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले विज्ञहरुको सल्लाहकार टिम सेट गरेका छन् । बजेट बनाउने तयारी धमाधम अघि बढिरहेका बेला मन्त्री डा. महतले विज्ञहरुको सल्लाहकार टिम तयार गरेका हुन् ।
सलाहकाहरुमा पनि विज्ञहरुले नै प्रवेश पाएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पोषराज पाण्डेलाई आर्थिक सल्लाहकार बनाईएको छ । उनी अन्तराष्ट्रिय व्यापारमा बिशेष दख्खल राख्ने सिमित विज्ञहरुमा गनिन्छन् ।
आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले विज्ञ समूह गठन गरेका हुन् ।
बिहीबार बसेको मन्त्रीस्तरीय निर्णयबाट आगामी वर्षको बजेट निर्माणको लागि विज्ञहरुको नियुक्त भएका छन् । अर्थमन्त्री डा. महतले विज्ञहरुको टिम बनाएर देशको वर्तमान आर्थिक समस्या समाधान गर्ने प्रयास जुटेका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि महत्वपूर्ण नीतिगत सुधार हुने विश्वास लिइएको छ । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।
सोही अनुसार अर्थमन्त्रीले टिम सेट गरेका हुन् । यसअघि मन्त्रालयले सह–सचिव भुपाल बरालको नेतृत्वमा बजेट लेखन समिति पनि गठन गरिसकेको छ ।
प्रकाशित समय : १०:३४ बजे






















