back
skip this Samagra

काठमाडौं फनपार्कसहित ५ संस्थाले बुझाए महानगरलाई ७१ लाख बढी कर

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको ताकेता गरे पछि पाँच संस्थाले ७१ लाख २५ हजार ३८८ रुपैयाँ कर भुक्तानी गरेका छन् ।

काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक हस्पिटलले महानगरलाई कर तिरेका हुन् ।

महानगरपालिकाले भदौ १५ देखि भदौ २३ सम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो । गत भदौ १५ गते प्रदर्शनी मार्गस्थित फनपार्कलाई महानगरले २४ घण्टाभित्रमा मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको थियो ।

२४ घण्टाभित्रमा कर नबुझाएमा फनपार्क सिल गर्ने र आवश्यक कारबाही गर्ने भन्दै महानगरले पत्रचार गरेको थियो । उक्त संस्थाले भोलिपल्टै भदौ १६ गते १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर तिरेको छ ।

त्यस्तै, महानगरले भदौ १९ गते काठमाडौंका विभिन्न क्षेत्रमा रहेका होटलका क्यासिनो तथा मनोरञ्जनात्मक क्षेत्रहरुलाई पनि मनोरञ्जन कर तिर्न पत्रचार गरेको थियो । सात दिनभित्रमा कर तिर्न भन्दै म्यारियट होटलस्थित डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलस्थित क्यासिनो प्यालेस, ¥याडिसन होटलस्थित क्यासिनो ¥याट, हायात होटलस्थित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, सोल्टी होटलस्थित बाल्को क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई सात दिनभित्रमा कर तिर्न पत्रचार गरेको थियो ।

क्यासिनो तथा मनोरञ्जामत्मक क्षेत्रहरुलाई दिएको समयसीमा भदौ २५ मा सकिएको छ । तर, यीमध्ये डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल) र मोजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी)ले मात्रै कर तिरेका छन् । यी मध्ये डेल्टिनले भदौ २३ मा २१ लाख ४२ हजार ३४ रुपैयाँ कर तिरेको हो । त्यस्तै, बेलिज क्यासिनोले पनि २३ गते १३ लाख ८८ हजार ३६३ मनोरञ्जन कर तिरेको छ । म्याजोङ्गले पनि २३ गते नै महानगरलाई ९ लाख ९३ हजार ६ सय कर तिरेको छ ।

महानगरपालिकालको २१ गते पनि १० दिनभित्रमा कर तिर्न भन्दै विभिन्न संस्थाहरुलाई पत्रचार गरेको थियो । जसमध्येको सिविक हस्पिटलले पनि २३ गते कर तिरेको छ । उक्त हस्पिटलले ८ लाख ६५ हजार ३८० रुपैयाँ कर तिरेको हो ।

भदौ २३ मा महानगरले १० दिनको समयसीमा तोक्दै शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई पनि बहालमा लगाएका संरचनाबाट आम्दानी भएवातको बहाल कर तिर्न पत्रचार गरेको थियो ।

त्यस्तै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद् लैनचौर र नेपाल प्रहरीको नक्साल कार्यालयलाई पनि बहाल कर बुझाउन महानगरले १० दिनको समयसिमासहित पत्राचार गरेको छ ।

 


बजारमा ३९ अर्बले बढ्यो नगद प्रवाह

बजारमा ३९ अर्बले बढ्यो नगद प्रवाह

वि.सं.२०८० चैत १४ बुधवार १०:५०

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बजारमा नगद प्रवाह...

‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’

‘नेपाल विकासको अपार सम्भावना छ, एआईआईबीसँग सहकार्यका लागि नयाँ मार्गहरू खोज्न उत्सुक छौं’

वि.सं.२०८० चैत १३ मंगलवार २२:२३

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिका...

ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि ६० अर्ब अमेरिकी डलर आवश्यक, एआइआइबीलाई लगानी बढाउन आग्रह

ऊर्जा क्षेत्रको मार्गचित्र कार्यान्वयनका लागि ६० अर्ब अमेरिकी डलर आवश्यक, एआइआइबीलाई लगानी बढाउन आग्रह

वि.सं.२०८० चैत १३ मंगलवार २१:५७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् पूर्वाधार संरचना सुधार तथा...

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी

वि.सं.२०८० चैत ९ शुक्रवार १८:४९

काठमाडौँ । तराई मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने...

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं : कोरियाली राजदूत

नेपालमा ठूलो वैदेशिक लगानी ल्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौं : कोरियाली राजदूत

वि.सं.२०८० चैत ९ शुक्रवार १८:२५

काठमाडौं । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री...

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गरिने: मन्त्री भण्डारी

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गरिने: मन्त्री भण्डारी

वि.सं.२०८० चैत ८ बिहीवार १५:५४

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र...