back
himalayan life

काठमाडौं फनपार्कसहित ५ संस्थाले बुझाए महानगरलाई ७१ लाख बढी कर

काठमाडौं । काठमाडौं महानगरपालिकाकाको ताकेता गरे पछि पाँच संस्थाले ७१ लाख २५ हजार ३८८ रुपैयाँ कर भुक्तानी गरेका छन् ।

काठमाडौं फनपार्क, डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल), माजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी) र सिविक हस्पिटलले महानगरलाई कर तिरेका हुन् ।

महानगरपालिकाले भदौ १५ देखि भदौ २३ सम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेको थियो । गत भदौ १५ गते प्रदर्शनी मार्गस्थित फनपार्कलाई महानगरले २४ घण्टाभित्रमा मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको थियो ।

२४ घण्टाभित्रमा कर नबुझाएमा फनपार्क सिल गर्ने र आवश्यक कारबाही गर्ने भन्दै महानगरले पत्रचार गरेको थियो । उक्त संस्थाले भोलिपल्टै भदौ १६ गते १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर तिरेको छ ।

त्यस्तै, महानगरले भदौ १९ गते काठमाडौंका विभिन्न क्षेत्रमा रहेका होटलका क्यासिनो तथा मनोरञ्जनात्मक क्षेत्रहरुलाई पनि मनोरञ्जन कर तिर्न पत्रचार गरेको थियो । सात दिनभित्रमा कर तिर्न भन्दै म्यारियट होटलस्थित डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलस्थित क्यासिनो प्यालेस, ¥याडिसन होटलस्थित क्यासिनो ¥याट, हायात होटलस्थित प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, सोल्टी होटलस्थित बाल्को क्यासिनो र मल्ल होटलस्थित बेली क्यासिनोलाई सात दिनभित्रमा कर तिर्न पत्रचार गरेको थियो ।

क्यासिनो तथा मनोरञ्जामत्मक क्षेत्रहरुलाई दिएको समयसीमा भदौ २५ मा सकिएको छ । तर, यीमध्ये डेल्टिन क्यासिनो होटल (म्यारियट), बेलिज क्यासिनो (मल्ल होटल) र मोजोङ्ग इन्टरटेनमेन्ट (होटल सोल्टी)ले मात्रै कर तिरेका छन् । यी मध्ये डेल्टिनले भदौ २३ मा २१ लाख ४२ हजार ३४ रुपैयाँ कर तिरेको हो । त्यस्तै, बेलिज क्यासिनोले पनि २३ गते १३ लाख ८८ हजार ३६३ मनोरञ्जन कर तिरेको छ । म्याजोङ्गले पनि २३ गते नै महानगरलाई ९ लाख ९३ हजार ६ सय कर तिरेको छ ।

महानगरपालिकालको २१ गते पनि १० दिनभित्रमा कर तिर्न भन्दै विभिन्न संस्थाहरुलाई पत्रचार गरेको थियो । जसमध्येको सिविक हस्पिटलले पनि २३ गते कर तिरेको छ । उक्त हस्पिटलले ८ लाख ६५ हजार ३८० रुपैयाँ कर तिरेको हो ।

भदौ २३ मा महानगरले १० दिनको समयसीमा तोक्दै शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्श क्याम्पसलाई पनि बहालमा लगाएका संरचनाबाट आम्दानी भएवातको बहाल कर तिर्न पत्रचार गरेको थियो ।

त्यस्तै नेपाल आर्मी केन्द्रीय कार्यालय, समाज कल्याण परिषद् लैनचौर र नेपाल प्रहरीको नक्साल कार्यालयलाई पनि बहाल कर बुझाउन महानगरले १० दिनको समयसिमासहित पत्राचार गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...