back

ग्रामिण विकास लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

nactional life

२४ वैशाख, काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ४५७ प्रतिशतले नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन, गत आर्थिक वर्षको यसै अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको ब्याज आम्दानी तथा खराब कर्जा असुलीमा सुधार आएपछि संचालन नाफा पनि ८६० प्रतिशतले बढेको छ । कम्पनीको लागत र कर्मचारी खर्चमा समेत गिरावट आँउदा नाफा उच्चदरले बढेको हो।

संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा २९.८९ प्रशितशतले बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन नाफा पनि ८५९.२७ प्रतिशतले बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो । साथै कम्पनीले १५ करोड रुपैयाँ खराब कर्जा असुली गरेको छ । यसले पनि नाफामा उच्च सुधार आएको हो ।

कम्पनीले यसअवधिमा ७ अर्ब २० करोड सापट तथा ३ अर्ब ९३ करोड निक्षेप संकलन गरेर १२ अर्ब ५४ करोड कर्जा लगानी गरेको छ । कम्पनीको सापट ५५ प्रतिशत, निक्षेप करिब १० प्रतिशत तथा कर्जा झण्डै १९ प्रतिशतले वृद्धि भएको हो ।

हाल संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको खुद मुनाफामा उछाल आयसंगै संस्थाको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसाबाट ३८ रुपैयाँ ७९ पैसा पुगेकोे छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ २७ पैसा छ । कम्पनीको खराब कर्जा ७.८१ प्रतिशतबाट ३.२८ प्रतिशतमा खुम्चिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

वि.सं.२०८३ जेठ १८ सोमवार १०:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु...

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

वि.सं.२०८३ जेठ १७ आइतवार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...