back

स्टडी ग्रुपले विद्यार्थीहरूको लागि “जब रेडी प्रोग्राम” ल्याउँदै

काठमाडौँ । स्टडी ग्रुपले नेपाली विद्यार्थिको लागि “जब रेडी प्रोग्राम” ल्याएको छ । यो ग्रुपले ल्यान्कास्टर युनिभर्सिटी (इङ्गल्याण्ड), टेसाइड युनिभर्सिटी (इङ्गल्याण्ड), एबरडीन युनिभर्सिटी (स्कटल्याण्ड) र डेपाउलयुनिभर्सिटी (शिकागो) लगायतका अन्तरराष्ट्रिय विश्वविद्यालयहरूसँग साझेदारीमा उक्त प्रोग्राम ल्याउन लागेको हो ।

ग्रुपका अनुसार नेपाली विद्यार्थीहरुलाई पढ्दै कामको अनुभव लिने र भविष्यमा राम्रो रोजगारी सुनिश्चित गर्ने किसिमका बहुमुल्य सीपहरु प्रदानगर्ने उद्धेश्यले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपालीविद्यार्थीहरूलाई उनीहरुको करियरमामद्दत गर्ने गरि जब रेडि प्रोग्राम ल्याएको छ ।

यो प्रोग्राम विशेष गरी नेपालीविद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको लागि  key transferable skills सिक्न मद्दत गर्न डिजाइन गरिएको ग्रुपले जनाएको छ । जसले उनीहरूलाई पढ्दै कमाउने अवसर प्रदानगर्दै पढाई सकेपछि अन्तरराष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउँछ ।

स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर वायुएस इन्टरनेशनलकलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवा शुल्क व्यहोर्नेछ ।

स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सि.भी. लेखन र प्रोफाइल प्रेजेन्टेसनको लागिपनि सहयोग प्राप्त गर्नेछन्। यसको साथै उनिहरुले इन्टर्भ्यु कोचिङ, मक इन्टर्भ्युबाट पनिलाभलिन सक्नेछन्। यो कार्यक्रम सकिएपछि विद्यार्थीहरुले सम्भावित रोजगारदाताहरुसँग ३ वटा सम्म इन्टर्भ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्तगर्न सक्नेछन्।

स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक निबन्दले भने “जब रेडी प्रोग्राम स्टडी ग्रुपको एउटा यस्तो गज्जबको पहलहो जसले नेपालीविद्यार्थीहरुलाई उच्चशिक्षा सक्किना साथ कामको लागि दक्ष बनाउँछ। उनिहरुले युके आउनासाथआफैँले अध्ययन गरेको बिषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल कोर कम्पिटेन्सिज बढाउन र सम्बन्धित कामको अनुभव बढाउन सक्षम हुनेछन् जसले उनीहरुको भविष्यमा राम्रो रोजगारी पाउन सक्ने अवसर सुनिश्चित हुन्छ । फलस्वरुप नेपालीश्रम बजारमा अहिले देखा परिरहेको “स्किलग्याप”लाई पनिउनीहरु कमगर्न सक्षमहुनेछन् ।

स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा“प्रिपेयर फर सक्सेस”, “जब रेडी”, “भर्चुअलइन्टर्नशिप” जस्ता कार्यक्रमहरु समावेश छन्। यी नयाँँ कार्यक्रमहरु युके र युएसकाविश्व–विद्यालयहरुमा राम्रोसँग अध्ययन सकाउन र एक्काइसौँ शताब्दीमा सफलहुन आवश्यक सीप प्रदानगर्न डिजाइन गरिएका हुन् ।

प्रिपेयर फर सक्सेस

नेपाली शैक्षिक पद्धतिबाट विदेशी शैक्षिक पद्धतिमा सजिलै ट्रान्जिसन हुन आवश्यक भाषाको साथ–साथै जीवनोपयोगी शिक्षा र लर्निङ स्किलहरु सिक्न विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले ल्याइएको अनलाइनकार्यक्रम हो । यो कार्यक्रमको तात्कालिन नतिजाको रुपमा यो कोर्समा सहभागि ८२% विद्यार्थीले आफ्नो उच्चशिक्षा अगाडि बढाउन आफु पर्याप्त रुपमा तयार भएको बताएका थिए।
जब रेडि
स्टडी ग्रुपका निःशुल्क रोजगार सेवा अन्तर्गत युकेमाअध्ययनरत नेपाली विद्यार्थीहरुले पढ्दै कामगर्ने अवसर पाउनुका साथै की ट्रान्स्फरेबल स्किल्स सिक्न र कामको अनुभवलिन सहयोग गर्नेछ ।

भर्चुअल इन्टर्नशिप
स्टडीग्रुपले भर्चुअल इन्टर्न्शिपस् पार्ट्नर्स लि.सँग सहकार्य गरेर नेपाली विद्यार्थीहरुलाई ७० भन्दा बढी देशहरुको ४० भन्दा बढी उद्योगहरुमा अनलाइन इन्टर्न्शिशप र कामको अवसर प्रदान गर्नेछ। भर्चुअल इन्टर्न्शिपस्ले विश्वभरीका ४,००० भन्दा बढी कम्पनीहरुसँग सहकार्य गरेर हजारौँ विद्यार्थीहरुलाई रिमोट इन्टर्नशिपको माध्यमबाट प्रोफेसनल स्किलहरु वृद्धि गर्न सहयोग गर्छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...