back

जानकी मन्दिरलाई विश्व सम्पदा सूचिकरण गर्ने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउने प्रतिबद्धता गरेका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित मन्त्री आलेले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले भने “सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको छ । पशुपतिनाथभन्दा धेरै पूरानो रहेको जानकी मन्दिर हो, म पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राख्नका लागि भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु ।’

मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचिमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘श्रीराम जानकी विवाहोत्सवको अवसरमा सम्पूर्ण मिथिलावासीमा शुभकामना व्यक्त गर्न चाहन्छु,’ मन्त्री आले भने, ‘ मिथिला सभ्यता भनेको हजारौं वर्ष पूरानो हो । मिथिला सभ्यता कला, संस्कृति, सँगीत, भेषभूषा लगायत हरेक क्षेत्रमा धनी रहेको छ ।’ उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे ।

तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विवाहपञ्चमीकै दिन जनकपुरधाम आएर माता जानकीको पुजाआजा गरेको स्मरण मन्त्री आलेले गरेका हुन् । उनले नेपालमा भगवान पशुपतिनाथ जति नै जानकी मन्दिर पनि महत्वपूर्ण रहेको बताए ।

उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । सो कार्यक्रममा मन्त्री आलेलाई मिथिला संस्कृति समाजले मायाको चिनासमेत प्रदान गरेको थियो ।

मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिएका छन् । उनले मिथिला संस्कृतिको चर्चा गर्दै यसको संरक्षणका लागि सबैले आआफ्नो तर्फबाट योगदान पु¥याउन आग्रह गरेका थिए ।

यस्तै, कार्यक्रममा कार्यक्रममा मिथिलाञ्चलको संस्कृति र संस्कारलाई बचाई राख्ने संस्कृतिविद् तथा सो क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई स्रष्टा सम्मानसमेत गरिएको थियो ।

यसैगरी कार्यक्रममा राम मन्दिर थापाथलीका महन्थ राम स्वरुप दास वैष्णव, साहित्यकार तथा लेखिका रेखा यादव, समाजसेवी विनोद अग्रवाल, तराई मधेश राष्ट्रिय परिषद्का संयोजक अधिवक्ता विकास कुमार ठाकुर, समाजसेवी रामप्रवेश साह, श्री माँ दुर्गा भवानी पुजा एवं हिन्दू संस्कृति परिषद्का अध्यक्ष राम शोभित नायक, साबित्री अगरबती उद्योगका प्रबन्धक पुस्कर केसी, याक एण्ड यतिका असिस्टेन्ट मेनेजर उमेश देव लगायतको उपस्थिति रहेको थियो ।


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

वि.सं.२०८१ माघ २७ आइतवार १३:१५

काठमाडौं । कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...