back

विद्युत विक्रि आम्दानी ५ करोडले घट्दा पनि यसकारण बढ्यो नेसनल हाइड्रोपावरको नाफा

nactional life

काठमाडौँ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले उक्त वित्तीय विवरण आज सार्वजनीक गरेको हो । सार्वजनीक वित्तिय विवरण अनुसार नाफामा राम्रो प्रगति देखिएको हो । कम्पनले समिक्षा अवधिमा ५८ करोड ७४ लाख नाफा आर्जन गरेको छ जबकी गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो । अर्थात नाफा ५६ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको हो ।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ करोड ३५ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको देखिएको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा २३ करोड २२ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा कम्पनीको रिजर्भ ३८ करोड १० लाख रुपैयाँले ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.३१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.७६ रुपैयाँ रहेको छ । पीई रेसियो १०.४६ गुणा रहेको छ।

तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानीमध्ये ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेकोले कम्पनीको नाफा बढेको हो। सरकारले ४.५ मेगावाट क्षमताको यो आयोजनाको अनुमतिपत्र प्रतिस्पर्धा गराइ बोलकबोलका माध्यमबाट प्रदान गर्ने नीति लिई गराएको प्रतिस्पर्धामा प्राविधिक तथा आर्थिक प्रस्ताव सर्वोत्कृष्ट ठहरिएको विद्युत विकास विभागले गत कात्तिक २८ मा यो कम्पनीलाई उक्त अनुमतिपत्र उपलब्ध गराएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...