back

साल्ट ट्रेडिङको नाफामा ६४.९४ प्रतिशतको गिरावट

nactional life

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चालु आर्थिक वर्षको प्रथम त्रैमासको नाफामा ६४.९४ प्रतिशत संकुचन आएको छ । कम्पनीद्धारा आज सार्वजनकि समिक्षा अवधिको परिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४८ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष कम्पनीले १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको बिक्रीबाट हुने आम्दानी पनि ३०.६० प्रतिशतले घटेको छ। गत वर्ष कम्पनीले बिक्रीबाट २ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा १ अर्ब ५९ करोड रुपैयाँको मात्रै आम्दानी गरेको छ।

कम्पनीले अन्य शीर्षकमा १ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्ष यही अवधिमा १ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार थोरै बढेर १ अर्ब ३१ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.४८ रुपैयाँ रहेको छ। पीई रेसियो ९९६.३० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ४४९.६६ रुपैयाँ रहेको छ।

राष्ट्रि तथा अन्तर्राष्ट्रिय जगतमा आउने आर्थिक उतारचढाव, अस्वस्थ व्यापारिक प्रतिस्पर्धा र विश्व महाकारी कोरोनाभाइसको प्रभावले कम्पनीको कारोबारमा असर परेको वित्तीय विवरणमा उल्लेख छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

बुढीगण्डकी जलविद्युत् आयोजनालाई अब ‘प्राधिकरण मोडल’ मा लगिने: लागत ४ खर्ब पुग्यो, २०९१ सम्म निर्माण सक्ने लक्ष्य

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:३५

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनालाई थप व्यवस्थित,...

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

धितोपत्र बोर्डको पाइपलाइनमा ६ नयाँ कम्पनी थपिए: पौने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ ल्याउँदै

वि.सं.२०८३ जेठ २२ शुक्रवार १८:१०

काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा पछिल्लो समय...

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

१० महिनामा ३१ प्रतिशत मात्रै पुँजीगत खर्च, ‘विकासे’ मन्त्रालयकै हालत खराब

वि.सं.२०८३ जेठ २२ शुक्रवार १०:३१

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना बित्न...

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ जेठ २१ बिहीवार ०८:४७

काठमाडौं ।सानिगाड हाइड्रो लिमिटेडले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका...

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ३० अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ २० बुधवार ११:३४

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि लगातार...