आन्तरिक उडान बन्द गर्न सरकारलाई सिसिएमसीकाे सिफारिस

वि.सं.२०७८ वैशाख १९ आइतवार

काठमाडौँ–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र -सिसिएमसी_ ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। कोरोना भाइरसको संक्रमणsf] जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
सिसिएमसीको शुक्रबारको बैठकले सो सिफारिस गरेको हो। मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन्। मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ।

प्रकाशित समय : ०३:३० बजे