back

महिला लघुवित्तको नाफामा उछाल, ११२.६६ प्रतिशतले बढ्यो

काठमाडौं–चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ११२ दशमलव ६६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको हो । जुन गत वर्ष यस अवधिसम्म ३ करोड २ लाख २५ हजार रहेको थियो ।

यसरी नै समिक्षा अवधिमा सञ्चालन नाफामा पनि करीब १५० प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो ।

गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर ३ हजार १२५ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १४७ प्रतिशत बढी २ अर्ब १९ करोड ८५ लाख ५१ हजार कर्जा सापटी लिएको छ ।

गत वर्षभनदा ३२ दशमलव ४९ प्रतिशत बढी ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८ दशमलव ७८ प्रतिशत बढी ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यस अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव २५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८५ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ २९१ दशमलव ८४ रहेको छ ।


melung
उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...