back

महिला लघुवित्तको नाफामा उछाल, ११२.६६ प्रतिशतले बढ्यो

nactional life

काठमाडौं–चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ११२ दशमलव ६६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा ६ करोड ४२ लाख ४३ हजार खुद नाफा गरेको हो । जुन गत वर्ष यस अवधिसम्म ३ करोड २ लाख २५ हजार रहेको थियो ।

यसरी नै समिक्षा अवधिमा सञ्चालन नाफामा पनि करीब १५० प्रतिशत बढी भएको छ । गत वर्ष ३ करोड १७ लाख ११ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७ करोड ९२ लाख ४६ हजार यो नाफा गरेको हो ।

गत माघमा सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको छोटो अवधिभित्रै शेयरमूल्य निरन्तर उच्च दरमा बढेर ३ हजार १२५ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ६६ दशमलव ६७ प्रतिशत बढी १९ करोड १८ लाख ३९ हजार कायम भएको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १४७ प्रतिशत बढी २ अर्ब १९ करोड ८५ लाख ५१ हजार कर्जा सापटी लिएको छ ।

गत वर्षभनदा ३२ दशमलव ४९ प्रतिशत बढी ८६ करोड २८ लाख ६४ हजार निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ८८ दशमलव ७८ प्रतिशत बढी ३ अर्ब १८ करोड ९४ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष यस अवधिसम्म २ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव २५ प्रतिशतमा झरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ८५ दशमलव ६६ र प्रतिशेयर नेटवर्थ २९१ दशमलव ८४ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

सञ्चारमन्त्री डा. तिमिल्सिना र अमेरिकी उपविदेशमन्त्री रोजर्सबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ जेठ १८ सोमवार १९:०९

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सार्वजनिक...

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

श्रम थप्न कार्यालय धाइरहनु नपर्ने: स्वचालित प्रणालीबाटै क्षणभरमै पाइने भयो पुनः श्रम स्वीकृति

वि.सं.२०८३ जेठ १८ सोमवार १८:४६

काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति (रिइन्ट्री) प्रक्रियालाई...

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

चुरे संरक्षणका लागि मेची–महाकाली अभियानको हस्ताक्षर मन्त्रीलाई बुझाइयो

वि.सं.२०८३ जेठ १८ सोमवार १८:३८

जनकपुर । चुरे पहाडको संरक्षणका लागि चुरे तथा वनजंगल संरक्षण...

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

एलडीसी ग्राजुएसन तत्काल नहुने भन्दै प्रधानमन्त्रीले दिए चीनको उदाहरण

वि.सं.२०८३ जेठ १७ आइतवार १४:१५

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल ‘लिस्ट डभेलप कन्ट्री’बाट तत्काल...

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छ : प्रधानमन्त्री बालेन

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५९

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र...

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

वि.सं.२०८३ जेठ १७ आइतवार १३:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४...