back
himalayan life

पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न, चट्टानबने नयाँ हेभी वेट च्याम्पियन

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्नभएको छ । दोलखाको चरिकोट स्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबिच प्रतिस्प्रधा भएको हो ।

प्रतियोगितामा हेभी वेट च्याम्पीयनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् ।

च्याम्पियनबनेकाचट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहितआरडब्लू बेल्ट प्राप्त गरेका छन ।

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमाथगु र एक्स–हिरो संयुक्त रुपमाविजेताबने । उपाधि सहितदुवैले ७५ हजार रुपैयाँप्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधिजितेका डेभिडले ५० हजार रुपैयाँप्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभबने । उनले १ लाख २० हजार रुपैयाँप्राप्त गरे । रोयल ब्याटल म्याचमा साइनविजेताबने । उनले ४५ हजार रुपैयाँप्राप्त गरे ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमापहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गरेका थिए । उनले नेपालमापहिलो पटक संचालनभएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने बताए ।

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्री अथकले प्रदेश खेलकुद परिषदको सक्रियता तारिफ योग्य रहेको भन्दै खुसी समेत व्यक्त गरे ।

प्रदेश खेलकुदविकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुदपर्यटनको विकास गर्न सकिने धारणा राखे ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामीदिनमा नेपालमै अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालनगर्ने योजना रहेको बताए ।

२०७८ कात्तिक १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...