back

पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न, चट्टानबने नयाँ हेभी वेट च्याम्पियन

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्नभएको छ । दोलखाको चरिकोट स्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबिच प्रतिस्प्रधा भएको हो ।

प्रतियोगितामा हेभी वेट च्याम्पीयनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् ।

च्याम्पियनबनेकाचट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहितआरडब्लू बेल्ट प्राप्त गरेका छन ।

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँप्राप्त गरे । ट्याग टिम म्याचमाथगु र एक्स–हिरो संयुक्त रुपमाविजेताबने । उपाधि सहितदुवैले ७५ हजार रुपैयाँप्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधिजितेका डेभिडले ५० हजार रुपैयाँप्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभबने । उनले १ लाख २० हजार रुपैयाँप्राप्त गरे । रोयल ब्याटल म्याचमा साइनविजेताबने । उनले ४५ हजार रुपैयाँप्राप्त गरे ।

बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमापहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गरेका थिए । उनले नेपालमापहिलो पटक संचालनभएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवापुग्ने बताए ।

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीयतहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्री अथकले प्रदेश खेलकुद परिषदको सक्रियता तारिफ योग्य रहेको भन्दै खुसी समेत व्यक्त गरे ।

प्रदेश खेलकुदविकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीयतहको सहकार्यबाट मात्र खेलकुदपर्यटनको विकास गर्न सकिने धारणा राखे ।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामीदिनमा नेपालमै अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालनगर्ने योजना रहेको बताए ।

२०७८ कात्तिक १५ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...