back

नेप्सेमा हरियाली, दर्जनौँ कम्पनीको मूल्य ९ प्रतिशत धेरै बढ्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । यो दिन नेप्से परिसूचक १.९९ प्रतिशतले बढेको हो । अर्थात नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो ।

यो दिन कूल २३२ वटा कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर ८१ हजार ९३५ पटक खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेमा आएको बढोत्तरीले बैंकिङ्ग बाहेक सबै उपसमुहका सूचकमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबारमा आएका एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्दा शेयर बजारका लगानीकर्ता उत्साहित बनेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३५ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

सूचक बढेसँगै आइतबार कारोबार रकममा पनि सुधार आएको छ । गत बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबारमा आएकोमा आइतबार २ अर्ब ४२ करोड ८० लाख रुपैयाँले बढेको हो । यसअघि दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको बढेर पौन ८ अर्ब पुगेको हो ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । बैंकिङ्ग ०.१६ प्रतिशतले घट्दा विकास बैंक सूचक सर्वाधिक ६.५४ प्रतिशतले बढेको छ । ब्यापार ५.९६, जलविद्युत ५.५०, होटल ५.४४, उत्पादन ४.८८, निर्जीवन बीमा ४.८३, वित्त ३.५३ र लगानी ३.२१ प्रतिशतले बढेको छ ।

यी हुन् ९ प्रतिशत भन्दा बढीले बढ्ने एक दर्जन कम्पनीहरु

आइतबारको बजारमा एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । यसदिन युनाईटेड इन्स्योरेन्स, चन्द्रगिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, र पाँचथर पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबारदेखि नै कारोबारमा आएको साहस उर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक, सानिमा माइ हाइड्रोपावर, सबैको लघुवित्त, र सिनर्जी पावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको हो ।

हिमाल दोलखा हाइड्रोपावर, महुली लघुवित्त, सिभिल लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, ज्योति विकास बैंक, समता घरेलु लघुवित्त, सिन्धु विकास बैंक, मानुषी लघुवित्त,र युनियन हाइड्रोपावर कम्पनीके मूल्य ८ प्रतिशत धेरै बढेको छ । यसदिन उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा धेरै जलविद्युत क्षेत्रका कम्पनी रहेका छन् ।

२०७८ कात्तिक १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

वि.सं.२०८३ साउन २१ बिहीवार १५:१६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

बढ्यो कर्मचारीको तलब (सूचीसहित)

वि.सं.२०८३ साउन २१ बिहीवार १३:३४

काठमाडौँ । सरकारले कर्मचारीहरूको बढेको नयाँ तलबमान सार्वजनिक गरेको छ...

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

बैंकिङ प्रणालीमा तरलता थपिँदा पनि लगानी सुस्त: विश्वासको वातावरण र पुँजीगत खर्च बढाउन निजी क्षेत्रको माग

वि.सं.२०८३ साउन २१ बिहीवार १३:०१

काठमाडौँ । पछिल्लो समय देशको आर्थिक गतिविधि सुस्त बनिरहेका बेला...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...