back

योजना ल्याउनुहोस, स्रोत राज्यले खोज्छ: मन्त्री अथक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।

स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिमुक्तबाट बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।”

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गरेका छन् । “ऐन कुरान, बाईबल होईन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री अथकले अगाडी भने, “खेलकुद क्षेत्रको विकासकालागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।”

ऐनलाई बाघको संज्ञा दिदैं मन्त्री अथकले भने, “बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरु देखिएपनि त्यसलाई शंसोधन गर्दै लैजान सकिने बताए ।

साथै नवौं खेलकुद प्रतियोगितालाई समयममै संचालन गर्न आवश्यक तयारी सुरु गरीएको, खेलकुद विश्वविद्यालय संचालनकालागि आवश्यक प्रक्रिया अगाडी बढाईएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरीएको मन्त्री अथकले बताए ।

खेल क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिवद्ध रहेको समेत उल्लेख गरे । खेल गतिविधि संचालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भने, “तपाईहरु योजना ल्याउनुहोस, स्रोतको ब्यवस्थापन राज्यले गर्छ ।”

२०७८ कार्तिक ११ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

वि.सं.२०८१ माघ ४ शुक्रवार ११:३६

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति...