back
himalayan life

एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १५०.५१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर १६ करोड २६ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १४९.९१ प्रतिशतले बढेर २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० करोड ३२ लाख रुपैयाँमा सीमित थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १२७.५१ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ३१ करोड ७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर ७० करोड ७० लाख रुपैयाँ भएको छ।

संस्थाले २० अर्ब ६१ करोड रुपैयाँ सापटी लिएर २२ अर्ब ३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले १० अर्ब २२ करोड रुपैयाँ सापटी लिएर ९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १६६.०६ प्रतिशतले बढेर ९९ करोड ८५ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ३७ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.४१ रुपैयाँ पुगेको छ। पीई रेसियो ३०.२१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५७.४१ रुपैयाँ रहेको छ।
२०७८ कार्तिक १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...