back

जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रबृत्ति

काठमाडौँ । जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् ।

संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरेका हुन् ।

उनीहरुले नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आईरहेका छन् । जे।ए।ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।

जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

युवा उध्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत संचालन गरिहेकी छन् । गनु भएको छ । सेवा अनलाईनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउनेलैजाने सेवादिँदै आएको डा। सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए ।
जे।ए। ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

२०७८ असोज २४ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

डा. गुणाकर भट्टविरुद्ध सर्वोच्चमा दर्ता भएको रिट हेर्न नभ्याइनेमा

वि.सं.२०८२ वैशाख ७ आइतवार १६:३९

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा....

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...