back
himalayan life

जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट, स्वास्थ्य शिविर र छात्रबृत्ति

काठमाडौँ । जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् ।

संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार हस्तान्तरण गरेका हुन् ।

उनीहरुले नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आईरहेका छन् । जे।ए।ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।

जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

युवा उध्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत संचालन गरिहेकी छन् । गनु भएको छ । सेवा अनलाईनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउनेलैजाने सेवादिँदै आएको डा। सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए ।
जे।ए। ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

२०७८ असोज २४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...