नेप्से १८ अङ्कले घट्यो, साढे चार अर्बको कारोबार
वि.सं.२०७८ असोज २४ आइतवार
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेप्से १८.५३ अङ्कले घटेर बन्द भएको छ । यो दिन नेप्सेमा आएको सोही अंकको गिरावटका कारण नेप्से सूचक २६६२.५८ बिन्दूमा झरेको छ ।
आज दिनभर २ सय २० कम्पनिको ७ करोड २५ लाख १ हजार ७ सय ४४ कित्ता शेयर ५४ हजार १ सय २३ पटक कारोबार हुदा ४ अर्ब ४९ करोड ८ लाख ४३ हजार ५ सय ८१ रुपैयाँको कारोबार भएको छ ।
आज जीवन बिमा समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । जीवन बिमा समूह ७३, फाइनान्स ६ र म्अर्चुल फन्ड ०.११ अङ्कले बढेको छ । त्यसै गरी आज उत्पादन समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । उत्पादन समूह २०५ अङ्कले घटेको छ भने विकास बैङ्क र होटेल एन्ड टुरिजम समूह ५८, निर्जन बिमा समूह ५३, माईक्रोफाइनान्स ४५, हाइड्रोपावर ३३,अन्य २७, व्यापार १४ र बैङ्किङ समूह ६ अङ्कले ओरालो लागेको छ ।
२०७८ असोज २४ गते प्रकाशित
प्रकाशित समय : १५:५६ बजे






















