back

कोकाकोलाद्धारा दशैंका लागि ‘धन्यवाद’ लेबल बोतल सार्वजनीक

काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले बोतलहरुमा ‘धन्यावाद’ शब्द लेबल गरेर सार्वजनीक गरेको छ । कम्पनीले दशैँको अवसरमा आफ्ना ग्राहकहरुलाई सहयात्राको लागि कृतज्ञता प्रदान गर्दै बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरेर सार्वजनिक गरेको हो ।

कोकाकोलाले आज बुधबार पत्रकार सम्मेलन गरी दशैँ लक्षित धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको औपचारीक जानकारी गराएको छ ।

बोतलमा धन्यवाद शब्द लेबल गर्नुको मुख्य उदेश्य कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई धन्यवाद व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ ।

कोकाकोलाले आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले जानकारी दिए ।

कम्पनीले विगत ५ बर्षदेखि कोका–कोलाले ग्लोबल “सेयर ए कोक” अभियान अन्तर्गत इनोभेटिभ विषयवस्तुहरु प्रस्तुत गर्दै आएको छ जसलाई “मन खोलौं कोकसँग” को रुपमा स्थानीयकरण गरीएको थियो । यो अभियान सम्बन्धहरुलाई नजिक ल्याउनमा केन्द्रित रहेको थियो । यस वर्ष भने कोकले व्यक्तिगत रुपमा कृतज्ञा प्रकट गर्न एक कदम अगाडी बढाएको जनाएको छ ।

आजको पत्रकार सम्मेलनमामार्फत अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो । त्यही बेला नयाँ कोका–कोलाको दशैं टिभिसी पनि चित्रण गरिएको थियो । यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको “धन्यवाद” शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ ।

अभियानको बारेमा बोल्दै, कोका–कोलाका नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थी “कोका–कोलाले यस पालिको दशैँ चाड उपभोक्ताहरुलाई महामारीको समयमा उनीहरुलाई प्रोत्साहित र प्रेरित गरिरहेका परिवारको सदस्यहरु र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउँन प्रेरित गरेको छ ।

यसका साथै अग्रपंक्तिमा कार्यरत रहेकाश्रमिकहरुलाई सलाम गरेर हामीलाई अघि बढ्न मद्दत गर्नुहुने र हामीलाई बितेको बर्षको दौरानमा हाम्रो जीवनमा कुनै पनि बाँधा आउन नदिन आशा दिनुहुनेसम्पूर्ण सहयात्रीलाई कृतज्ञा प्रदान गर्दै हामी यस पालिको दशैँलाई रमाएर मनाउँनेछौँ ।”

सो इभेन्टमा कोका–कोलाले कोभिड १९ को बिरुद्ध समाजको लागीसुरक्षा प्रदान गरेका र लडेकाविभिन्न क्षेत्रहरुका ८ जना अंग्रपंत्तिः नायकहरुलाई कृतज्ञा प्रकट गरीेसम्मान गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, “हामी खुशी छौँ कि हामीले यस पर्वको मौसममा हाम्रा नयाँ कोक बोतलहरुको माध्यमबाट हाम्रा फ्रन्टलाइन नायकहरु, परिवार र साथीहरु प्रति सम्पूर्ण देशको कृतज्ञता व्यक्त गर्न सक्षम भएका छौं । हामी आशा गर्दछौँ कि लेभलमा रहेको सन्देशले हाम्रा उपभोक्ताहरुलाई उनीहरुको त्यस कठिन पलमा सहयात्री बनेका सबै व्यक्तिहरु प्रति आभार प्रकट गर्न रयो दशैलाई अझ यादगार बनाउनको लागी प्रोत्साहित गर्नेछ।

कोका–कोलाले कोभिड १९ को महामारीको बिरुद्ध लडेका र समुदायलाई जोगाउनको लागी उनीहरुको कडा परिश्रम, करुणा र निस्वार्थ त्याग प्रस्तुत गरेका अग्रपंक्ति नायकहरु प्रति हार्दिक आभार प्रकट गर्दछ। यस दशैंमा कृतज्ञता प्रदान गर्न कोका –कोलाले स्वास्थ्य क्षेत्र, गैरसरकारी संस्था, सफाईकर्मी र अनुकूलित कोकको बोतल र ग्लास सहित पत्रकारहरु गरि विभिन्न क्षेत्रहरुबाट ९०० भन्दा बढि अग्रणी कामदारहरु सम्म पहल पुर्याइरहेकोे छ।

२०७८ असोज १३ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...