back
himalayan life

नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जा क्षेत्रमा सहकार्य

काठमाडौँ। पेरिस सम्झौताको भावना अनुसार कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि नेपाल र बेलायतका निजी क्षेत्रबीच ऊर्जाको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने तथा नेपालको नवीकरणीय ऊर्जामा हरित लगानी प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल प्लेटफर्मको माध्यमबाट आज बुधबार एक कार्यक्रमकाबीच छलफल भएको छ ।

बेलायतको संयोजनमा आगामी नोभेम्बर १ देखि १२ सम्म स्कटल्याण्डको ग्लास्गो शहरमा आयोजना हुन गइरहेको The 2021 UN Climate Change Conferenceको पूर्वतयारी स्वरुप आजको कार्यक्रम आयोजना गरिएको हो ।

लगानी बोर्डको कार्यालय,बेलायतस्थित नेपाली दुतावास र बेलायत सरकारको अन्तर्राष्ट्रिय व्यापार विभागको संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले नेपालको हरित पूर्वाधारमालगानी गरी लाभान्वित हुन तथा सन् २०३० सम्ममा उच्चमध्यम आय भएको राष्ट्रको स्तरमा पुग्ने नेपालको लक्ष्यमा सघाउन बेलायती लगानीकर्ताहरुलाई अनुरोध गरे ।

यस सन्दर्भमा नेपाल सरकारको तर्फबाट सम्पूर्ण सहयोग तथा सहजीकरण रहने प्रतिबद्धता समेत जाहेर गरे । अर्थमन्त्री शर्माले नेपालमा उत्पादित स्वच्छ तथा नवीकरणीय ऊर्जाको निर्यातले छिमेकी मुलुकको कार्बनको भार समेत कटौती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले उर्जा क्षेत्रमा नेपालमा रहेको अपार सम्भावनाको उपयोग गर्न नेपाल र बेलायतका लगानीकर्ताहरुलाई अपिल गर्दै सो क्षेत्रमा वैदेशिक एवं हरित लगानी आकर्षण तथा प्रवर्द्धन गर्न लगानी बोर्डको कार्यालय कटिबद्ध रहेको बताए । उनले नवीकरणीय तथा स्वच्छ उर्जाको विकासको लागि नेपाल सरकारले नीति तथा कानूनको समयानुकुल सुधार गरी लगानीको लागि अनुकुल वातावरण तयार पारेको समेत बताए ।

कार्यक्रममा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव राधा वाग्ले र लगानी बोर्डको कार्यालयका सि.डि.ई सागरराज गौतमले नेपालमा हरित लगानीको सम्भावना र क्षेत्रहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

नेपाल र बेलायतका लगानीकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा युके-नेपाल व्यापार तथा लगानी फोरमका सभापति लर्ड शेख, नेपालस्थित बेलायती महामहिम राजदूतनिकोला पोलिट र नेपाली राजदूतावासकी Deputy Head of Mission रोशन खनालले हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि नेपाल र बेलायतका निजी क्षेत्रहरुबीचको सहयोग र सहकार्यबाट द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक लगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्षहरुले समेत सम्बोधन गरेका थिए ।

२०७८ असोज १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...