back

साहस उर्जाको आईपीओमा अहिलेसम्मकै उच्च आवेदन, कति पर्यो ?

काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिनेको संख्याले नयाँ कृतिमान कायम गरेको छ । आवेदन दिने अन्तिम दिन (असोज १० गते) मात्रै २४ लाख बढीले आवेदन दिएका छन् ।

यो सँगै आइतबार साँझ ५ बजे सम्मको तथ्याङ्क अनुसार २४ लाख ६२ हजार आवेदकले ३ करोड ४३ लाख कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन परेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यो आवेदन हालसम्म कै उच्च हो ।

यसअघि सानीमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाख १९ हजारले आवेदन दिएका थिए । उक्त रेकर्ड तोड्दै साहस उर्जाको आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड बनाएको हो ।

साहस उर्जा लिमिटेडले बुधबार (असोज ६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा आवेदन दिने समय सकिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
२०७८ असोज ११ गते प्रकाशित


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

डोलेश्वर रिसोर्टको आईपीओ तयारी

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:४१

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

नेप्सेमा दोहोरो अंकको गिरावट : कारोबार रकम ८ अर्ब ७३ करोड,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३३

काठमाडौं । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ...