back

साहस उर्जाको आईपीओमा अहिलेसम्मकै उच्च आवेदन, कति पर्यो ?

काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिनेको संख्याले नयाँ कृतिमान कायम गरेको छ । आवेदन दिने अन्तिम दिन (असोज १० गते) मात्रै २४ लाख बढीले आवेदन दिएका छन् ।

यो सँगै आइतबार साँझ ५ बजे सम्मको तथ्याङ्क अनुसार २४ लाख ६२ हजार आवेदकले ३ करोड ४३ लाख कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन परेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार यो आवेदन हालसम्म कै उच्च हो ।

यसअघि सानीमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाख १९ हजारले आवेदन दिएका थिए । उक्त रेकर्ड तोड्दै साहस उर्जाको आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड बनाएको हो ।

साहस उर्जा लिमिटेडले बुधबार (असोज ६ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा आवेदन दिने समय सकिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
२०७८ असोज ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

नेप्सेमा नयाँ प्रणालीको सुरुवातमै अन्योल: नेप्से परिसूचक १७.९१ अंकले घट्दा कारोबार रकम पनि खुम्चियो

वि.सं.२०८३ वैशाख ८ मंगलवार १५:४९

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको नयाँ...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...