back
Naima

यातायात सुधार सरकारको प्राथमिकतामा छ, प्रविधि र सुरक्षामा जोड दिन्छौं : अनुकूल निधि

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार एवं ट्राफिक तथा यातायात इन्जिनियर अनुकूल निधिले सार्वजनिक यातायात सुधारका लागि नीति निर्माणसँगै प्रविधिको विकासलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् । नाइमा नेपाल मोबिलिटी एक्स्पोका अवसरमा आयोजित ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा उनले सरकारले सार्वजनिक यातायात सुधारलाई उच्च प्राथमिकता दिएको पनि बताए ।

उनले २५ वर्षपछि राष्ट्रिय यातायात नीति २०८३ जारी भएको उल्लेख गर्दै सार्वजनिक यातायात सुधारसँग सम्बन्धित विषयलाई नीतिमा समेटिएको बताए । इन्जिनियर निधिका अनुसार सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन नीति सुधारसँगै नयाँ प्रविधिको प्रयोगमा पनि जोड दिन आवश्यक छ ।

‘सार्वजनिक यातायात सुधारलाई सरकारले मुख्य प्राथमिकता दिएको छ । २५ वर्षपछि राष्ट्रिय यातायात नीति २०८३ आएको छ । सार्वजनिक यातायात सुधारसम्बन्धी सम्पूर्ण कुरा सो नीतिमा समेटिएको छ,’ उनले भने, ‘सार्वजनिक यातायात सुधारका लागि नीति सुधार मात्रै नभई प्रविधिको विकासमा समेत जोड दिनुपर्नेछ । सार्वजनिक यातायातमा जडान गर्नुपर्ने नयाँ प्रविधिका विषयमा मापदण्ड लागू गरिरहेका छौं ।’

निधिले नयाँ सरकार गठन भएको चार महिनामा यातायात क्षेत्र सुधारका लागि विभिन्न काम अघि बढाइएको दाबी गरे । यातायात सुधारका लागि आवश्यक छुट्टाछुट्टै शाखा सञ्चालन गर्ने तयारी भइरहेको र सडक सुरक्षासँगै व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

‘सार्वजनिक यातायात व्यवस्थापन यसअघिको सरकारले गरेको छ कि छैन, थाहा छैन । तर, नयाँ सरकार बनेको पछिल्लो चार महिनामा सरकारले यसलाई निकै प्राथमिकता दिइरहेको छ,’ उनले भने ।

निधिका अनुसार सरकारले राइड सेयरिङ एपलाई समेत व्यवस्थित गर्ने तयारी गरिरहेको छ । यसका लागि आवश्यक मापदण्ड छिट्टै ल्याइने उनले बताए । उनले राइड सेयरिङ एपमा लगाइएको कर पनि यस क्षेत्रलाई नियमन गर्ने उद्देश्यले ल्याइएको प्रस्ट पारे ।

त्यस्तै, सार्वजनिक सडक ऐन पनि सरकारको प्राथमिकतामा रहेको उनले बताए । संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीअनुसार कुन सडक कुन तहअन्तर्गत पर्ने भन्ने स्पष्ट पार्ने गरी काम भइरहेको र सोहीअनुसार पूर्वाधार सुधार गरिने उनले बताए ।

इन्जिनियर निधिले देशभर हुने सवारीसम्बन्धी कसुरलाई समेत वर्गीकरण गर्ने तयारी भइरहेको जानकारी दिए । सवारीको गुणस्तर, कसुरसम्बन्धी गतिविधि, एउटै गल्ती कति पटक दोहोरिएको छ तथा पूर्वाधारको कमजोरीका कारण भएका कसुरलगायत विषयलाई छुट्टाछुट्टै अध्ययन गरिने उनले बताए ।

यातायातसम्बन्धी नयाँ ऐन तथा आवश्यक मापदण्ड निर्माण गर्दा सम्बन्धित क्षेत्रका सरोकारवालासँग छलफल गरिने पनि उनले बताए । ‘यातायातसम्बन्धी ऐन बनाउनका लागि सम्बन्धित क्षेत्रसँग छलफल गरेर मात्रै आवश्यक मापदण्ड बनाउनेछौं,’ निधिले भने ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोमा साउन ३१ सम्म हरेक दिन विभिन्न विषयमा संवाद हुनेछ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

एनसेल शेयर खरिद-बिक्री प्रकरण: छानबिन समितिको प्रतिवेदनले देखायो ९५% अस्वाभाविक अवमूल्यन र कर छलीको खेल

वि.सं.२०८३ साउन २७ बुधवार १९:३३

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको सबैभन्दा ठूलो निजी सेवा प्रदायक...

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...