back

सरकारसँग छलफलपछि निजी क्षेत्र आशावादी

nactional life

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग व्यवसायी संघ तथा जेनजी आन्दोलनबाट प्रभावित व्यवसायीहरूबीच छलफल सम्पन्न भएको छ ।
आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबाट क्षति व्यहोरेका उद्योग प्रतिष्ठानको विषयमा प्रधानमन्त्रीसहित उच्च सरकारी नेतृत्वसँग छलफल गरिएको हो ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीले निजी क्षेत्रको चिन्तालाई गम्भीरतापूर्वक लिएको जानकारी दिए ।

‘जेनजी आन्दोलनको क्रममा उद्योग प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी तथा लुटपाटका विषयमा हामीले प्रधानमन्त्रीसँग प्रत्यक्षरूपमा कुरा राख्यौं। उहाँहरूले सम्पूर्ण इस्युहरूमाथि सकारात्मक ढंगले प्रतिक्रिया दिनु भएको छ,’ ढकालले भने ।

उनका अनुसार बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना समस्या तथा धारणा प्रस्तुत गरेका थिए । ‘सरकारले क्षति व्यहोरेका उद्योग तथा व्यवसायप्रति आवश्यक सघाउ गर्ने र समस्या समाधानमा साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ,’ अध्यक्ष ढकालले भने । प्रधानमन्त्रीको आश्वासनपछि निजी क्षेत्र सकारात्मक र आशावादी बनेको उनले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।...

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

श्रम बजार सुधारमा नीतिगत लचकता र त्रिपक्षीय सहकार्य आवश्यक : महासंघका उपाध्यक्ष पाण्डे

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले...

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ जेठ २७ बुधवार ०८:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको...

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२०

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ...

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

वि.सं.२०८३ जेठ २५ सोमवार १४:२०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी...